४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग धर्म–संस्कृति

पानी भर्ने चरणमा आइपुग्यो रानीपोखरी

banner

लकडाउनकै बीचमा पनि ऐतिहासिक तथा पुरातात्विक महत्वको रानीपोखारीको पुनर्निर्माणको काम चलिरहेको छ । कामदारलाई कार्यस्थलसम्म ल्याउन समस्या हुँदा पहिलेको गतिमा काम भइरहेको छैन ।

तर, अबको करिब २ हप्ताभित्र मन्दिरबाहेक पोखरी पुनर्निर्माणको काम सकाउने लक्ष्य रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बताएको छ । त्यसपछि रानीपोखरीमा पानी भर्ने काम सुरु हुने प्राधिकरणका पुरातत्व हेर्ने इन्जिनियर राजुमान मानन्धरले जानकारी दिए । वर्षात लाग्नु अगावै पोखरीको काम सकाउनुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

‘१० दिनभित्र पोखरीको काम सकाएर त्यसलगत्तै पानी भर्न सुरु गर्छौं,’ उनले भने,’पोखरीको उत्तरतर्फको गारोमा केही काम छ, भक्तपुरबाट कामदार ल्याएर काम गर्न गारो भएकाले कीर्तिपुरबाट ल्याएर काम गराउन लागेका छौं ।’

रानीपोखरीमा पानी नअडिने सम्भावना देखेर पुनर्निर्माण प्राधिकरणले पोखरीको गारो र पिँधमा कालो माटो राखेर त्यसमाथि इँटा बिछ्याएको छ । भक्तपुरको कालोमाटो राखेर पोखरी पुनर्निर्माण गरिएकाले पोखरीमा हालिने पानी नचुहिने विश्वास गरिएको छ ।

अब मन्दिर निर्माण अघि बढाउँदै पोखरीमा पानी राखेर चुहिने/नचुहिने परीक्षण गरिनेछ । पोखरीमा पानी भर्न दुईवटा बोरिङ निर्माण भइसकेको छ ।

अहिले मन्दिरसम्म जाने पुल पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ । पोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरको काम भने भर्खर दुई तलाको मात्रै सकिएको छ । यो मन्दिर ५ तले हुनेछ । भूकम्पले भत्काएको मन्दिर गुम्बज शैलीमा भएपनि अहिले यसलाई मल्लकालीन ग्रन्थकुट (शिखर) शैलीमा पुनर्निर्माण गरिँदैछ । तिहारमा मन्दिर खोल्ने गरी पुनर्निर्माणको काम भइरहेको छ ।

काठमाडौं महानगरपालिकाले पुनर्निर्माणको काम अघि बढाएपछि सिमेन्ट लगायतको प्रयोग भएपछि निकै विवाद भएको थियो । पुनर्निर्माण प्राधिरकण र पुरातत्व विभागले जिम्मा लिएर पुर्नर्निर्माण थालेपछि यसमा विवाद भएको छैन ।

ad

यो पनि पढौँ

मन्त्रिपरिषदको निर्णय : लकडाउनमा अब एकबाट अर्को स्थानीय तहमा जान नपाइने

कोर्पोरट आवाज डट कम

७६ दिनकोलकडाउन खुलेसँगै सडकमा निस्किएका लाखौं चिनियाँ, भन्छन्, ‘घरभित्र बस्दा म पागलझैं थियौं’

कोर्पोरट आवाज डट कम

सर्वेन्द्र र महेशविरुद्ध जाहेरी दिन सरकारी वकिलको कार्यालय पुगे जसपाका नेताहरु

कोर्पोरट आवाज डट कम