४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
समाचार सूचना प्रविधि

डिजिटल बैंकिङको जोखिमबारे भएन वित्तीय साक्षरता

banner

जमाना डिजिटलको छ । तपाईं आज घरमै बसेर अनलाइन सपिङ गर्न सक्नुहुन्छ । टिभी, फ्रिज कपडा मात्र होइन, आज तपाईं पिजा वर्गर र मःम अनलाइनबाट मगाउन सक्नुहुन्छ । मोवाइल बैकिङवाट पेमेन्ट गर्न सक्नुहुन्छ ।

त्यति मात्र कहाँ हो र, तपाईंले अनलाइबाट मगाएको मःम स्वाद मानिमानि खाइरहेको बेला तपाइको छोराछोरी वा परिवारको कोही सदस्यले वा कोही तेस्रो व्यक्तिले तपाईंको एटिम सुटुक्क चोरेर तपाईंकै पैसाले पिज्जा खाइरइरहेको हुन सक्छ । किनकि जमाना डिजिटलको छ ।

यो कुरा बुझ्न केही उदाहरणले अझ सजिलो गर्छ होला ।

– एक सेवाग्राही बैंक आउछन् र आर्थिक कारोबारको लागि बैंकमा खाता खोलिदिन बैंक कर्मचारीलाई आग्रह गर्छन् । बैंकको सिएसडीमा कार्यरत कर्मचारीले पनि प्रक्रिया पुर्याएर उसको खाता खोलिदिन्छन् । बैंकले प्रवाह गर्ने सेवामध्ये उनले मोबाइल बैंकिङ पनि लिएका हुन्छन् ।

केही महिनापछि ती ग्राहक आफ्नो खाताबाट रकम हराएको गुनासो बोकेर बैंक आउँछन् । आफूले कसैलाई पनि चेक काटेर भुक्तानी नदिएको तर, रकम निकालेको म्यासेज मोबाइलमा आएको बैंकलाई सुनाउँछन् ।

उनले सुनाएको कुरा ठिकै रहेछ । उनले चेक काटेर कसैलाई भुक्तानी दिएकै थिएनन् । एटीएम कार्ड नलिएकोले त्यसबाट पैसा झिकिएको भन्ने कुरै भएन । भएछ के भने उनलाई सामाजिक संजाल इमोबाट कसैले फोन गरेर चिठ्ठा परेको सुनाएछ । चिठ्ठामा परेको रकम निकाल्को लागि कर वापत रकम तिर्नुपर्ने भनिएछ । चिठ्ठा परेको छ भन्दै फोन गर्ने व्यक्तिको खातामा रकम त उनले हालिदिएका रहेनछन् तर मोबाइल बैंकिङको ओटिपी कोड भने दिएका रहेछन् । अनि ओटिपी कोड पाएपछि त्यसरी फोन गर्ने व्यक्तिले मोबाइल बैंकिङबाट रकम ट्रान्सफर गरेर लगेछ ।

– एक जना बैंकको कस्टमर डिजिटल बैंकिङ अन्तर्गत एटिम सेवा लिन्छन् । एटिम बाटै पैसा निकाल्छन् । बैंक जाने, लाइन बस्ने, चेक काटने झन्झट छैन उनलाई । एटिमले सजिलो बनाइदिएको छ उनको आर्थिक दिन चर्या ।

तर, एक दिन अचानक बैंक खाताबाट मेरो रकम हरायो भन्दै बैंकमा गुनासो गर्न आउछन् । बुझदै लादा उसको एटिमबाट नै पैसा निकालेको स्टेटमेन्टबाट थाहा हुन्छ । पहिलो अनुसन्धान घरबाट नै गर्नुपर्छ भन्ने बुझेर घर परिवारका सदस्यलाई केरकार गर्छन् । निक्कैबेरको सोधिखोजिपछि उनकै छोराले एटिमबाट पैसा निकालेको थाहा हुन आउँछ । बाबुलाई एक दिन बजार जान अल्छि लागेर छोरालाए एटिमको पिन नम्बर भनेर पैसा निकाल्न एटिम दिएर पठाएको कुरा उनलाई याद आउछ । अनि छोराले पिन नम्बर थाहाँ पाएपछि बाबुको एटिमबाट बारम्वार पैसा निकालेको रहस्य खुल्छ ।

माथिको दुइवटै उदाहरणमा दुई जना नै डिजिटल बैंकिङका प्रयोगकर्ता हुन । मोवाइल बैकिङ प्रायोगकर्ता मोवाइल बैकिङ प्रयोग र जोखिमको वारेमा पूर्णज्ञान नभएको र चिठ्ठाको लोभमा फसेको ग्राहक हुन भने दोस्रोमा आफ्नै छोरा हो, भन्दै एटिम आफ्नो भएपछि आफैले चलाउनु पर्दछ भन्ने ज्ञान हुदा हुदै पनि एक दिन त हो नि भन्दै हेलचक्राई गरेका ग्राहक हुन ।

नेपालमा हाल कोरानाको महामारीले बैंकिङ क्षेत्रमा डिजिटल बैंकिङको प्रयोग अत्याधिक वढेको छ । सरकारबाट पनि, नेपाल रास्ट्र बैंकबाट पनि र संम्वन्धित बैंक तथा वित्तीय संस्थाहरुले पनि डिजिटल बंैकिङलाई प्रश्रय दिदा र अत्यधिक महत्व दिदा आज निजी अनलाइन व्यापार मात्र होइन, सरकार अन्तर्गत रहेका संस्थाहरुले पनि राजस्व डिजिटल बैकिङबाट नै जम्मा गर्न लगाइरहेका छन ।

आज हरेकको लागि यो एउटा अपरिहार्य भइसकेको छ । प्रविधिले मानिसलाई सजिलो अवश्य बनाउदछ । डिजिटल बैकिङको प्रयोगकर्ता आज अत्यधिक बढेपनि, बैंक तथा वित्तीय क्षेत्रले डिजिटल बैकिङको आफनो प्रडक्टहरु बेचाउनको लागि मात्र र आफ्नो आम्दानी बढाउन मात्र ध्यान दिनाले यसमा दिनानुदिन जोखिम बढ्दो छ । कर्मचारीलाई यो हाम्रो प्रडक्ट हो, महिनामा यति बेच्नु पर्छ, उति बेच्नु पर्छ भनेर टारगेट मात्र दिनाले र कर्मचारीले पनि बेच्ने बहानामा आफ्ना ग्राहकले मोवाइल बैंकिङ सुरक्षित रुपमा चलाउन सक्छन कि सक्दैनन्, कस्ता कस्ता ग्राहकलाई एटिम दिने कस्ता कस्तालाई नदिने वा भनौं, कस्ता ग्राहक ठगिन सक्छन्, कस्तालाई जोखिम छ भन्ने नबुझी सबै ग्राकलाई खाता खोल्दा फर्म भर्न लगाएर लिनु पर्दछ है भन्ने मानसिकताले काम गर्दा आज यसमा जोखिम अत्यधिक बढेको छ ।

यसरी ठगिन सकिन्छ नि, भनेर डिजिटल बैकिङको वित्तीय साक्षरता चाहि बैंक कर्मचारी, बैंकको व्यवस्थापन टिम, नेपाल रास्ट्र बैंक लगायत सरकार तथा अनलाइन कारोवार गर्ने निकायहरुले प्रसार प्रसार नगर्ने हो भने भोलिको दिनमा डिजिटल बैंकिङका प्रयोगकर्ता त अवश्य नै बढ्ला तर सोझासाझा ग्राहकहरु भने ठगिएका ठगियै हुनेछन् ।

हाम्रा ग्राहक कत्तिको सुरक्षित छन् ? हाम्रा ग्राहकलाई हामीले कत्तिको यो सम्बन्धी जानकारी गराएको छौं ? बेलैमा सोच्ने वेला आइसकेको छ । अबको दिनमा जुन बैंक तथा वित्तीय क्षेत्रले डिजिटल बैंकिङ जति आफ्ना ग्राहकलाई बेच्छन्, त्यसमा एउटा निश्चि रकम वित्तिय साक्षरता र डिजिटल जोखिमको प्रचार प्रसारको लागि छुट्याउनु पर्ने देखिन्छ । बैंकहरुले ग्राहक मात्र वनाइरहने, सेवाशुल्क मात्र लिइरहने तर डिटिल बैकिङ सम्बन्धी ग्राहकलाई जिम्मेवार र चनाखो नवनाउने र यसमा चुइक्क खर्च नगर्ने हो भने भोलिका दिनमा आमसर्वसाधारण असुरक्षित महसुस नहोला भन्न सकिदैन ।

नेपाल रास्ट्र बैंकले पनि यो बैंकले, त्यो बैंकले , वित्तीय क्षेत्रले मोवाइल बैंकिङ, इन्टरनेट बैंकिङ कनेक्ट आइपिएस, क्युआर कोड आदि ग्राहक यति बनाए भनेर डिजिटल बैंकिङको प्रयोगकर्ता बढे है भन्दै डाटामा मात्र फुरुक्क नपरि जोखिमको लागि के कस्तो काम हुदैछ भनेर पनि चनाखो हुनुपर्दछ ।

यसमा बैंक तथा वित्तीय क्षेत्र, नेपाल रास्ट्र बैकले अनिवार्य डिजिटल बैंकिङबाट हुन सक्ने फ्रडलाई रोक्न स्पस्ट नीति र अनिवार्य प्रचार प्रसार गर्न गराउनु जरुरी छ । हाल डिजिटल बैकिङ तथा यसवाट हुन सक्ने जोखिमको वित्तीय साक्षरता कमिले कोही चिठ्ठा पर्यो भन्दै ठगिए । डिजिटल बैकिङको जोखिम सम्बन्धि वित्तीय साक्षरता नभएको ले ठगिए भन्दै कोही बैंकमा गुनासो लिएर आए भने भोलिको दिनमा बैंकका कर्मचारीले के उत्तर देलान् ? यस विषयमा सरोकारवालाले बेलैमा सोच्न जरुरी छ ।

ad

यो पनि पढौँ

बैशाख ३ सम्म लकडाउन थप्ने सरकारको निर्णय

कोर्पोरट आवाज डट कम

अब अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न सकिने, १७ लाख खर्चेर तयार भयो सफ्टवेयर

कोर्पोरट आवाज डट कम

विद्युत तार भूमिगत पारेसँगै पोल पनि हटाइँदै, अब कहाँबाट दिने इन्टरनेट सेवा ?

Corporate Aawaj