२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग राजनीति

अध्यक्ष र प्रधानमन्त्रीको हैसियतमा केपी ओलीले निकास दिनुपर्ने कोटेश्वर बैठकको निष्कर्ष

banner

पार्टीभित्रको विवाद समाधान गर्न वरिष्ठ माधव कुमार नेपालको निवास कोटेश्वरमा बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरुको बैठकले यथाशीघ्र र व्यवस्थित ढंगले पार्टी कमिटीको बैठक बोलाउनुपर्ने निष्कर्ष निकालेको छ । नेता रघुजी पन्तले आफूहरुले व्यवस्थित र यथाशीघ्र बैठक बोलाउन राखेको प्रस्तावमा प्रधानमन्त्री केपी ओली पक्षधर नेताले बैठक बोलाउने तर समस्या समाधान गर्ने हिसावले मात्रै बोलाउने भनेको रातोपाटीलाई बताए । 

त्यस्तै दुवै पक्षबीच सचिवालयको बैठक मंगलबार बस्ने सहमति पनि भएको छ । सचिवालयको बैठकले स्थायी कमिटी बैठकको मिति तोक्ने पनि सहमति भएको छ । उक्त बैठकमा माधव नेपाल पक्षले सरकार र पार्टीका कामबारे विना पूर्वाग्रह समीक्षा गर्नुपर्ने र समस्याको निकास खोज्नुपर्ने धारणा राखेका थिए । त्यस्तै उनीहरुले त्यस्तो निकास पार्टी अध्यक्ष र प्रधानमन्त्रीको हैसियतमा केपी ओलीले दिनुपर्नेमा नेताहरु एकमत बनेका छन् ।

पछिल्लो समय प्रधानमन्त्री ओलीमाथि पार्टी अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छोड्न दवाव परेको छ । तर नेता पन्तले पावर सेयरिङबारे कुनै छलफल नभएको प्रतिक्रिया दिए । 

बिहान बालुवाटारमा ओली र माधव नेपालबीचको छलफलपछि कोटेश्वरमा वार्ता भएको हो । यता सोमबारै दिउँसो अध्यक्ष प्रचण्ड र नेता झलनाथ खानलबीच खुमलटारमा भेटवार्ता भएको थियो । सो भेटवार्तामा कोटेश्वरमा भएको छलफल औचित्यहीन भएको नेता खनालले रातोपाटीलाई बताएका थिए । 

ad

यो पनि पढौँ

लकडाउनको मोडालिटी परिवर्तन गर्ने तयारी

कोर्पोरट आवाज डट कम

सर्वाेच्चद्वारा उपचार गर्न नमान्ने स्वास्थ्य संस्थाको विवरण पेश गर्न सरकारसँग माग

कोर्पोरट आवाज डट कम

लिपुलेक विवादमा भारतमात्र होइन, चीन पनि संलग्न छ : प्रचण्ड

कोर्पोरट आवाज डट कम

Leave a Comment