२१ चैत्र २०८२, शनिबार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
समाचार

अस्पतालमा एरिक्सनको अवस्था स्थिर, फिनल्याण्डबिरुद्धको खेल आज नै खेलिने

banner

डेनमार्कको फुटबल एशोसिएसनले क्रिस्टियन एरिक्सन होसमा रहेको र डेनमार्कको ठूलो मध्ये एक रहेको रिग्सहस्पिटालेटमा उपचार भइरहेको जानकारी दिएको छ । खेलाडीहरुलाई एरिक्सनको स्वास्थ्य अवस्था ठीक रहेका जानकारी दिएपछि फिनल्याण्डबिरुद्धको खेल आज नै खेलिने पनि एसोसिएसनले जानकारी दिएको छ । 

शनिबार युरो २०२० को समूह चरणको खेल अन्तरगत कोपनहेगनमा खेलिएको खेलमा टोटनह्यामका पूर्व खेलाडी पहिलो हाफमा आफै मैदानमा ढलेका थिए । खेलको ४२ औँ मिनेटमा साइडलाइनमा एक्ले हिँडिरहेका एरिक्सन मैदानमा लड्न पुगेका थिए ।

तत्कालै मेडिकल टिम पुगेर उनको उपचारको प्रयास गरेका थिए । करिब २० मिनेटसम्म एरिक्सनको मैदानमा नै उपचारको प्रयास गरेपछि उनलाई स्ट्रेचरमा राखेर मैदानबाट लगिएको थियो । मैदान छाड्दै गर्दा भने उनलाई होसमा रहेको देखिएको थियो ।

सेन्ट्रल युरोपियन टाइम अनुसार साढे आठ बजे (नेपाली समयअनुसार १२ः१५ बजे) खेल शुरु हुने यूईएफको भनाइ छ । पहिलो हाफको बाँकी चार मिनेट खेलेपछि ५ मिनेटको ब्रेक दिइनेछ र दोस्रो हाफ खेलिनेछ ।

यसअघि, एरिक्सनको अवस्था स्थिर रहेको यूईएफएले जनाएको थियो । फिनल्याण्डबिरुद्धको खेलका दौरान मैदानमा ढलेका एरिक्सनलाई अस्पताल भर्ना गरिएको र उनको अवस्था स्थिर रहेको यूईएफएको भनाइ छ ।

एरिक्सानलाई अस्पताल पुर्याएपछि दुवै टोलीका खेलाडी र अधिकारीहरुबीच छलफल भएको र खेल पुन: सुचारु गर्ने सहमति भएको थियो ।

ad

यो पनि पढौँ

बालेनलाई बैंकहरुको पनि साथ, नबिलको १८ शाखाका शौचालय अब ‘पब्लिक ट्वाइलेट’

कोर्पोरट आवाज डट कम

राँगाको आक्रमणबाट रौतहटमा महिलाको मृत्यु

कोर्पोरट आवाज डट कम

विपतमा परेका नेपालीलाई फर्काउन सर्वोच्चको आदेश

कोर्पोरट आवाज डट कम