४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग समाचार

प्रधानमन्त्रीले छलफलका लागि कांग्रेस नेतालाई बालुवाटार बोलाए

banner

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेताहरूलाई छलफलका लागि बालुवाटार बोलाएका छन् । संसद सुरचारुका लागि सहमति खोज्न प्रचण्डले साँझ ६ बजे बोलाएको निकट स्रोतले बतायो ।

सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग राखिरहेको कांग्रेसले आज विपक्षी अन्य दलसँग संयुक्त छलफल गरेको थियो । विपक्षी मोर्चाको उक्त बैठकले संसदीय छानबिन समिति नै चाहिने निष्कर्ष निकालेको छ ।

राप्रपाले भने गृहमन्त्रीलाई सदनमा बोल्न दिनुपर्ने प्रस्ताव राखेको थियो । तर, त्यसमा केही निचोड निस्केन ।

विपक्षी दलहरू छलफलमा जुटिरहँदा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र रास्वपा सभापति एवं गृहमन्त्री रवि लामिछानेबीच सिंहदरबारमा छलफल भएको थियो । ११ बजेलाई बोलाइएको संसद बैठक विपक्षीको आग्रहपछि २ बजेसम्मलाई स्थगित गरिएको छ ।

ad

यो पनि पढौँ

सरकारको नियमित भुक्तानी बन्द, तर रोकिंदैन अन्तिम दिनसम्म पनि खर्च

कोर्पोरट आवाज डट कम

सांग्रिला डेभलपमेन्ट बैंकको डिजिटल पात्रो सार्वजनिक

कोर्पोरट आवाज डट कम

संसदमा आजबाट प्रिबजेट छलफल सुरु हुँदै

कोर्पोरट आवाज डट कम