२१ चैत्र २०८२, शनिबार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
फिचर मनोरन्जन

आफ्नै श्रीमानबाट असुरक्षित भएको भन्दै गुहार माग्न प्रहरीकहाँ पुगिन शिल्पा पोखरेल

banner

अभिनेत्री शिल्पा पोखरेलले आफ्नै श्रीमानबाटै असुरक्षित भएको भन्दै भन्दै प्रहरीमा उजुरी दिएकी छन् । चलचित्र निर्माता छबी ओझा र अभिनेत्री शिल्पा पोखरेलबीच पछिल्लो समय खटपट भएको थियो ।
पोखरेलले श्रीमानबाट असुरक्षित भएकाले सुरक्षा पाऊँ भन्दै उजुरी दिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनको उजुरीबारे बुझ्ने क्रम जारी रहेको र दुवै पक्षलाई छलफलका लागि बोलाइएको प्रहरीले जनाएको छ ।
नायिका शिल्पा पोखरेल निर्माता छविराज ओझाको चौथो श्रीमती बनेर ओझा निवास भित्रिएकी थिइन् । शिल्पा र छविराजले २०७३ सालको दशैंमा बिहे गरेका थिए ।
म्युजिक भिडियोमा काम गरिरहेकी शिल्पालाई छविराजले चलचित्र ‘लज्जा’ मार्फत् यस क्षेत्रमा डेब्यु गराएका थिए । उक्त चलचित्रको समयदेखि नै उनीहरुको प्रेम चर्चा सुरु भएको थियो । उनीहरु दुवैले सोही समय नै बिबाह गर्ने बोलेका पनि थिए ।
शिल्पासँग बिबाह गर्नुअघि छविराजका तीन जनासँग बिबाह भइसकेको थियो । रेखा थापा छविराजको तेस्रो श्रीमती थिइन् ।

ad

यो पनि पढौँ

मध्यरातमा रणवीरले खोले दीपिकाको यस्तो राज

कोर्पोरट आवाज डट कम

कोरोनाको राहत लिनेको घर जल्यो, खुल्यो २४ लाख लुकाएको रहस्य

कोर्पोरट आवाज डट कम

‘सहायक श्रीमान्’ अमेरिकाको बेडफोर्ड इन्टरनेसनल फिल्म फेस्टिभलका लागि छनोट 

Corporate Aawaj

Leave a Comment