४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
मनोरन्जन

अमेरिकामा अर्जुन र मलाइकाको रोमान्स

banner
बलिउड अभिनेता अर्जुन कपुर तथा अभिनेत्री मलाइका अरोराले अमेरिकास्थित न्युयोर्कमा छुट्टीको आनन्द लिइरहेको भेटिएको छ।
भारतीय सञ्चार माध्यमका अनुसार आफ्नो जन्म दिन मनाउन मलाइकासँगै न्युयोर्क हानिएका अर्जुन निकै रमाइरहेका छन्।
अर्जुन र मलाइकाले घुमफिर र रमाइलो गरिरहेका तस्वीरहरू सामाजिक सञ्जालमा शेयरसमेत गरिरहेका छन्। यही क्रममा उनीहरूले लगभग उस्तै प्रकारका फोटोहरू शेयर गरिरहेका छन्। अर्जुनले इन्स्टाग्राममा नियोन ज्याकेट लगाएको एक तस्वीर शेयर गर्दैै कसले नियोन राम्ररी लगाएको छ भन्ने क्याप्सन लेखेका छन् भने मलाइकाले पनि ठीक यस्तै तस्वीर शेयर गरेकी छिन्।
अर्जुनभन्दा पहिले नै मलाइकाले नियोन हरियो रंगको टपका साथमा क्याप लगाएको तस्वीर शेयर गरेकी थिइन्। आफ्नो प्रेम सम्बन्धबारे आधिकारिकरूपमा मुख नखोलेका उनीहरू लामो समयदेखि डेटमा रहेको बताइन्छ।

ad

यो पनि पढौँ

ब्वाइफ्रेन्डसँग बन्जीजम्पमा रमाउँदै पूजा !

कोर्पोरट आवाज डट कम

घ्याम्पेडाँंडामा रमणीय दृश्यावलोकन गर्दै जीपलाईनको मज्जा

कोर्पोरट आवाज डट कम

‘सहायक श्रीमान्’ अमेरिकाको बेडफोर्ड इन्टरनेसनल फिल्म फेस्टिभलका लागि छनोट 

Corporate Aawaj