१७ आश्विन २०८०, बुधबार / October 4, 2023
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
मनोरन्जन

अमेरिकामा अर्जुन र मलाइकाको रोमान्स

banner
बलिउड अभिनेता अर्जुन कपुर तथा अभिनेत्री मलाइका अरोराले अमेरिकास्थित न्युयोर्कमा छुट्टीको आनन्द लिइरहेको भेटिएको छ।
भारतीय सञ्चार माध्यमका अनुसार आफ्नो जन्म दिन मनाउन मलाइकासँगै न्युयोर्क हानिएका अर्जुन निकै रमाइरहेका छन्।
अर्जुन र मलाइकाले घुमफिर र रमाइलो गरिरहेका तस्वीरहरू सामाजिक सञ्जालमा शेयरसमेत गरिरहेका छन्। यही क्रममा उनीहरूले लगभग उस्तै प्रकारका फोटोहरू शेयर गरिरहेका छन्। अर्जुनले इन्स्टाग्राममा नियोन ज्याकेट लगाएको एक तस्वीर शेयर गर्दैै कसले नियोन राम्ररी लगाएको छ भन्ने क्याप्सन लेखेका छन् भने मलाइकाले पनि ठीक यस्तै तस्वीर शेयर गरेकी छिन्।
अर्जुनभन्दा पहिले नै मलाइकाले नियोन हरियो रंगको टपका साथमा क्याप लगाएको तस्वीर शेयर गरेकी थिइन्। आफ्नो प्रेम सम्बन्धबारे आधिकारिकरूपमा मुख नखोलेका उनीहरू लामो समयदेखि डेटमा रहेको बताइन्छ।
ad

यो पनि पढौँ

अमेरिकन आइडलको उपविजेता बने दिवेश पोखरेल

कोर्पोरट आवाज डट कम

अमेरिकन आइडलमा ईतिहास रचेका दिवेश पोखरेलले समर्थकलाई धन्यबाद दिदै आफूलाई मतदान गर्न आग्रह

कोर्पोरट आवाज डट कम

‘सहायक श्रीमान्’ अमेरिकाको बेडफोर्ड इन्टरनेसनल फिल्म फेस्टिभलका लागि छनोट 

dipesh wyanju