२१ चैत्र २०८२, शनिबार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
खेलकुद समाचार

सुवास नेम्वाङ भन्छन् : यस पटक अर्जेन्टिनाले विश्वकप जित्छ

banner

आयोजक राष्ट्र कतार र खाडी मुलुकका दर्शकका लागि भने विशेष दर्जाको टिकट उपलब्ध हुनेछ । २८ दिनसम्म चल्ने उक्त प्रतियोगितामा ३० लाख टिकट बिक्री हुने अपेक्षा गरिएको छ । विश्वकप खेल्ने ३२ टिमको टुंगोसमेत लागिसकेको छ ।

यसैबीच कतार विश्वकपलाई लिएर विभिन्न अड्कलबाजी हुन थालेका छन् । यसैबीच शुक्रबार एक कार्यक्रममा एमाले संसदीय दलका उपनेता तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङले यस पटक अर्जेन्टिनाले विश्वकप उपाधि जित्ने बताएका छन् । कुनै जमानामा आफै फुटबल खेलाडीसमेत रहेका नेम्वाङले कतारमा हुने विश्वकपको उपाधि लियोनल मेसीको टिम अर्जेन्टिनाले जित्ने बताएका हुन् ।

अर्जेन्टिनाले यसअघि सन् १९७८ र १९८६ मा विश्वकप उपाधि जितेको छ । क्लब फुटबलमा निकै सफल भएका मेसीले अर्जेन्टिनालाई भने विश्वकपमा उपाधि दिलाउन सकेका छैनन् । सन् १९३०, १९९० र २०१४ मा भने अर्जेन्टिना फाइनल पुगेको थियो । सन् २०१४ मा मेसीको नेतृत्वमा रहेको अर्जेन्टिना फाइनलमा जर्मनीसँग १-० ले स्तब्ध भएको थियो ।

शुक्रबार नेपाल ल क्याम्पसको स्थापना दिवस कार्यक्रममा फुटबल प्रतियोगिताको पुरस्कार आफ्नो रुचिअनुसार आफैलाई बाँड्न दिएको हो कि भन्दै नेम्वाङले ठट्टासमेत गरेका थिए । इलाम बहुमुखी क्याम्पसलगायतका विभिन्न टिममा रहेर उनले कप्तानी भूमिकासमेत निर्वाह गरेका थिए ।

अर्जेन्टिना र मेसी पहिलो रोजाइमा परे पनि क्रिस्टियानो रोनाल्डोसमेत उनलाई मन पर्ने खेलाडी हुन् । अहिले पनि उनले विभिन्न विदेशी लिगहरू हेर्ने गर्छन् । उनले भने, ‘अहिले पनि राति १२/१ बजेतिर उठेर फुटबल हेर्छु । इंग्लिस प्रिमियर लिग, लालिगा…। आजकल मलाई साह्रै मन पर्ने खेलाडी पीएसजी पुगेको हुनाले बार्सिलोना हेर्न छाडेको छु । अर्जेन्टिना र पीएसजीको फुटबल हेर्छु । कतिबेला आउँछ यहाँहरूलाई थाहै छ ।’

त्यस्तै ४ महिनापछि हुने कतार विश्वकपमा अर्जेन्टिनाले बाजी मार्ने उल्लेख गर्दै उनी भन्छन्, ‘यो तालि अर्जेन्टिना, मेस्सीले विश्व फुटबल जित्छन् भन्ने लाग्छ । त्यसैले कतारमा ४ महिनापछि हुने विश्वकप फुटबल तपाईं हामी आ-आफ्नो घरमा बसेर होस् वा सकिएछ भने कतार पुगेर हेरौँला ।’

ad

यो पनि पढौँ

सांग्रिला डेभलपमेन्ट बैंकको डिजिटल पात्रो सार्वजनिक

कोर्पोरट आवाज डट कम

डिजेलमा पानी मिसाउने भक्तपुरकाे फ्युल सेन्टरलाई २ लाख जरिवाना

कोर्पोरट आवाज डट कम

प्रतिनिधिसभा विघटनसम्बन्धी सबै रिटको सुनुवाइ संवैधानिक इजलासमा

कोर्पोरट आवाज डट कम