४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग राजनीति

सर्वेन्द्र र महेशविरुद्ध जाहेरी दिन सरकारी वकिलको कार्यालय पुगे जसपाका नेताहरु

banner

अपहरण मुद्धाको जाहेरी दर्ता गर्न जनता समाजवादी पार्टीका नेताहरु काठमाडौंको जिल्ला सरकारी वकिलको कार्यालय पुगेका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान श्रेष्ठ) तथा नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध जाहेरी दर्ता गर्न डा. सुरेन्द्र यादव पार्टीका नेताहरुलाई लिएर बबरमहलस्थित कार्यालय पुगेका हुन् ।

पूर्वराज्यमन्त्री यादवसँगै जसपाका नेताहरु राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ पनि छन् ।

उनीहरुले महानगरीय प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिन खोजेको थिए तर प्रहरीले दर्ता गर्न मानेन ।

बस्नेत, श्रेष्ठ र खनालले तत्कालीन समाजवादी पार्टीका सांसद डा. यादवलाई १० वैशाखमा महोत्तरीबाट काठमाडौं ल्याएका थिए ।

यादवले आफूलाई जबर्जस्ती काठमाडौं ल्याएको भन्दै अपहरणको मुद्धामा अनुसन्धान गर्न जाहेरी दिन लागेका हुन् ।

पूर्व आईजीपी खनाल, श्रेष्ठ र बस्नेतले तत्कालीन समाजवादी पार्टी फुटाउने प्रयासमा १० वैशाखमा महोत्तरी पुगेर सांसद यादवलाई काठमाडौं ल्याएका थिए । समाजवादी पार्टीका नेताहरूले प्रधानमन्त्रीकै निर्देशनमा आफ्ना सांसदलाई अपहरण गरिएको दाबी गरे ।

भोलिपल्ट बिहानै सांसद यादव मेरियट होटलबाट भागेर समाजवादी पार्टीका नेताहरूको सम्पर्कमा पुगेका थिए । पछि यादवले आफूलाई अपहरणकै शैलीमा काठमाडौं ल्याइएको बयान दिएका छन् ।

तर, खनाल, श्रेष्ठ र बस्नेतले भने उनकै सहमतिमा काठमाडौं ल्याइएको बताउँदै आएका छन् ।

ad

यो पनि पढौँ

लकडाउनको अवधि वैशाख १५ गते सम्म थप्ने निर्णय

कोर्पोरट आवाज डट कम

भक्तपुर अस्पतालमा कोरोना परीक्षण शुरु

कोर्पोरट आवाज डट कम

भक्तपुरको १७ तले भवनमा खाद्यान्न भण्डारण गरिने

कोर्पोरट आवाज डट कम

Leave a Comment