४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग राजनीति

संसदमा आजबाट प्रिबजेट छलफल सुरु हुँदै

banner

संसदमा आजबाट विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकतामाथिको छलफल सुरु हुँदै छ ।

११ बजे बस्ने प्रतिनिधिसभाको बैठक र १ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटको सिद्धान्त र प्राथमिकता पेस गर्नेछन् ।

यसमा तीन दिनसम्म छलफल हुने छ । यो छलफललाई प्रिबजेट छलफल पनि भनिन्छ ।

नीति तथा कार्यक्रमपछि प्रिबजेट छलफल गर्नु उपयुक्त हुने भए पनि बजेट जेठ १५ मा पेश गर्नैपर्ने चापका कारण वैशाख २८ गतेबाटै पि्रबजेट छलफल गर्न लागिएको हो ।

सरकारको नीति तथा कार्यक्रम जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट पेश गर्ने कार्यक्रम छ । त्यसमा छलफल र छलफलमा उठेका जिज्ञासाको जवाफ दिने क्रम सकिएपछि जेठ १३ गते आर्थिक सर्वेक्षण प्रस्तुत हुने छ भने १५ गते आर्थिक वर्ष २०७७/७८ को बजेट पेश हुने छ ।

संसदको बजेट अधिवेशन गत शुक्रवारबाट शुरु भएको थियो ।

ad

यो पनि पढौँ

लकडाउनले समस्यामा परेका आयोजनालाई ६ महिनासम्मको म्याद थप

कोर्पोरट आवाज डट कम

पूर्व राजा ज्ञानेन्द्रले भनेः चर्का नारा घन्काए पनि जनताले सुख पाएनन्

कोर्पोरट आवाज डट कम

महेश बस्नेत भन्छन्– अपहरणको आरोप लगाउनेविरुद्ध कानुनी कारबाहीमा जान्छौँ

कोर्पोरट आवाज डट कम