२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग स्वास्थ्य

तराईका २० जिल्लामध्ये १६ मा कोरोना संक्रमण

banner

नेपालमा बिहीबार बिहानसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ सय ५० पुगेको छ । पछिल्ला ४ दिनमा मात्रै नेपालमा कोरोना भाइरसबाट थप १ सय ५०  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार २४, मंगलबार ८३ र बुधबार २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बिहीबार बिहान मात्रै ७ जनामा संंक्रमण पुष्टि भएको छ ।

अहिलेसम्म २१ जिल्लामा कोरोना संक्रमित भेटिएका छन् । तीमध्ये १६ तराईका जिल्ला रहेका छन् । तराईका २० जिल्लामध्ये १६ मा कोरोना संक्रमण देखिएको छ । अहिलेसम्म तराईका मोरङ, सुनसरी, सिरहा र दाङमा भने कोरोना संक्रमण देखिएको छैन । अहिलेसम्म सबैभन्दा बढी पर्सामा ८५ जनामा कोरोना संक्रमण देखिएको छ । पर्सामा संक्रमण पुष्टि भएकामध्ये ३ जना निको भएका छन् । त्यस्तै कपिलवस्तुमा ३९, रुपन्देहीमा २८, बाँकेमा २५, कैलाली, धनुषा र महोत्तरीमा ४–४, बारा, रौतहट र सर्लाहीमा ३–३, झापा र चितवनमा २–२ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै सप्तरी, नवलपरासी पश्चिम, बर्दिया र कञ्ञ्चनपुरमा एक–एक जनामा कोरोना संक्रमण देखिएको छ ।

तराईका १६ जिल्लाबाहेक काठमाडौं, भक्तपुर, उदयपुर, भोजपुर र बागलुङमा कोरोना संक्रमण देखिएको छ । उदयपुरमा ३२, काठमाडौंमा ६, भक्तपुरमा र बागलुङमा २–२ जना तथा भोजपुरमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै निको हुनेहरुमा उदयपुरका १४, काठमाडौंका ५, कैलालीका ४, पर्साका ३, चितवन र बागलुङका २–२, तथा रुपन्देही, भोजपुर, कञ्चनपुर, झापा र रौतहटका एक–एक जना रहेका छन् ।

नेपालसँग सीमा जोडिएका भारतका उत्तर प्रदेश र बिहारमा कोरोना संक्रमण बढिरहेकाले तराईका जिल्लामा संक्रमण बढिरहेको छ । तराईका अधिकांश संक्रमित भारतबाट फर्किएकाहरु रहेका छन् ।

ad

यो पनि पढौँ

देउवाले ओलीलाई फोन गरेर भने– यातायात मजदूरका कुरा सुन्नू

कोर्पोरट आवाज डट कम

लकडाउनले रोकेन बिजुलीको तार बिछ्याउने काम

कोर्पोरट आवाज डट कम

हर्कलाई सफल बनाउन ज्यान फालेर फिल्डमा उत्रिए धरानका युवा

Corporate Aawaj