२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग समाचार

अस्पतालले सम्भावित संक्रमणबारे केही भनेन, अन्त्येष्टिमा ५० बढी सहभागी

banner

जेठ ४ गते मृत्यु भएका बाराको करैयामाई गाउँपालिका–७ उम्जनका ७० वर्षीय पुरुषको कोरोना भाइरस (कोभिड–१९) परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

तर मृतकको ८ दिन अगाडि नै अन्त्येष्टि भइसकेको छ । यसमा उनको उपचार गरिएको नेशनल मेडिकल कलेजले गम्भीर लापरवाही गरेको पाइएको छ ।

वीरगञ्जको नारायणी अस्पतालमा गरिएको कोरोना परीक्षणको रिपोर्ट शंकास्पद आएकाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको रिपोर्ट नआउादासम्म शव परिवारलाई बुझाउन मिल्दैनथ्यो । किनकी कोरोनाबाट मृत्यु भएको भए अन्त्येष्टिको छुट्टै प्रोटोकल छ, त्यसअनुसार सुरक्षा उपाय अपनाएर मात्र अन्त्येष्टि गर्नुपर्छ ।

तर अस्पतालले केही नभए जसरी शव परिवारलाई बुझाएको पाइएको छ ।

मृतकका छोरा भन्छन् : अस्पतालले केही भनेन

मृतकका चार छोरा, एक छोरी, एक बुहारी र एक नातिनी छन् । बहिनी ज्वाईंको घर वीरगञ्जमा थियो, त्यसैले उपचारका जेठा र कान्छा छोरा मात्र आएका थिए ।

४ गते निधन भएपछि शव बुझे र एम्बुलेन्समा राखेर फेरि गाउँ लगे । आफ्नो धार्मिक परम्परा पुरा गर्दै घरबाट झण्डै डेढ किलोमिटर दुरीमा रहेको घाटमा अन्त्येष्टि गरे । ५० भन्दा बढी मलामी गएका थिए ।

स्थानीयको भनाइ उधृत गर्दै वडाध्यक्ष बृज चौधरीले बताएअनुसार मृतकको शव बाँध्ने बोक्ने प्रक्रियामा छोराहरु नै सहभागी भएको पाइएको छ । मलामीहरुले सामाजिक दुरी कायम गरेको बताएका छन् ।

चार भाइ छोरा अहिले किरिया बसेका छन् । भोलि दशौं दिनमा काम सक्ने तयारी भइरहेको छ । तर सोमबार विहान ११ बजेतिर एक्कासी अबर आयो, बुवाको कोरोना पोजेटिभ आयो !

मृृतकका जेठा छोराले भने, ‘हामीले बुबाको मृत्यु कोरोनाले भएको होला भनेर कल्पना पनि गरेका थिएनौं । बुबाको शव ल्याउने तयारी गर्दा पनि अस्पतालले केही भनेन ।’

उनकाअनुसार केही दिन अघि मात्र अस्पतालबाट फोन आएको थियो । ‘परीक्षणका लागि स्वाब कलेक्सन भएको रहेछ । तपाईंको बुबाको निधन भएको ४ गतेको हो कि ८ गतेको भनेर सोध्यो’ उनले भने, मैले ४ गतेको भनिदिएँ । परीक्षणका लागि स्याम्पल पठाउनु छ, त्यही भएर कल गरेको भनेर फोन राखिदियो । यसबाहेक अस्पतालले हामीलाई केही भनेको छैन ।’

तर एकाएक कोरोना पोजेटिभ भएको रिपोर्ट आएपछि शोकमा रहेको परिवार थप अन्यौलमा परेको छ । उनले भने, भने, ‘दशौं दिनको दिन भोलि बुबाको काम सक्ने तयारी गरिरहेका थियौं । अब भोलिको काम कसरी सम्पन्न गर्ने भन्ने अन्यौलमा परेका छौं ।’

नेसनल मेडिकल कलेजका सञ्चालक बसरुद्दिन अन्सारीले भने मृतकको रिपोर्ट आउन ढिलाइ भएपछि शवलाई आफन्तको जिम्मा लगाएको बताए । अन्सारीले भने, ‘मृतकको शव अस्पतालमा धेरै दिन राख्दा पनि समस्या आउँछ नि । रिपोर्ट कुर्दाकुर्दा नआएपछि हामीले शव आफन्तको जिम्मा लगाउन बाध्य भएका हौं ।’

ad

यो पनि पढौँ

पूर्व राजा ज्ञानेन्द्रले भनेः चर्का नारा घन्काए पनि जनताले सुख पाएनन्

कोर्पोरट आवाज डट कम

अर्थमन्त्रालयले ढुङ्गानालाई ३ दिनको समय दिएर स्पष्टिकरण साेध्याे

कोर्पोरट आवाज डट कम

अमेरिकन आइडलको टप १० मा उक्लिए दिवेश

कोर्पोरट आवाज डट कम