५ आश्विन २०८०, शुक्रबार / September 22, 2023
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
राजनीति समाचार

पदभार ग्रहणपछि विवादास्पद अभिव्यक्ति दिँदा महतो विवादमा तानिए

banner

सरकारमा सहभागी भएको राजपाका नेता तथा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री राजेन्द्र महतोले मुलुकको हीतविपरीत उत्तेजक अभिव्यक्ति दिन थालेका छन् ।

पदभार ग्रहणपछि विवादास्पद अभिव्यक्ति दिँदा महतो विवादमा तानिएका छन् । शीतलनिवासमा शपथ खाएर सिंङ्दरबारमा पसेलगत्तै महतोले भनेका थिए, ‘बहुल राष्ट्रिय राज्य स्थापनाका लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने पार्टीको एजेन्डा हो ।’

उपप्रधानमन्त्री महतोको अभिव्यक्ति भौगोलिक अखण्डता र राष्ट्रिय हीतप्रतिकूल रहेको भन्दै राजनीतिक वृत्तमा विरोध भएको छ । सामाजिक सञ्जालमा उनको राजीनामासमेत माग भएको छ । एमालेको झलनाथ खनाल र माधव नेपाल समूहले उपप्रधानमन्त्री महतोको विवादित अभिव्यक्तिबारे प्रधानमन्त्री ओलीले स्पष्ट गर्नुपर्ने माग गरेको छ ।

महतोको अभिव्यक्ति नेपालको संविधानको धारा ३ मा उल्लेखित ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधितामा रहेका समान आकाङ्क्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान् रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो’ भन्ने व्यवस्थाको विरुद्ध रहेको भन्दै विरोध भएको छ ।

चौतर्फी विरोधपछि शनिबार मध्यरातमा महतोले विज्ञप्ति निकाल्दै आफ्नो भनाइको गलत अर्थ लगाइएको दाबी गर्दै राष्ट्रिय एकता र अखण्डताप्रति पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् ।

ad

यो पनि पढौँ

स्पेन र अमेरिकामा एकै दिनमा मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च

कोर्पोरट आवाज डट कम

कोइराला परिवारको लन्च मिटिङ, एकजुट हुनुपर्ने निष्कर्ष

कोर्पोरट आवाज डट कम

आर्सनलले भित्र्यायो युवा डिफेन्डर नुनो

कोर्पोरट आवाज डट कम