४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग फिचर समाचार

कोरोना संक्रमण, नियन्त्रण र उपचार कोषलाई पूर्वराजा ज्ञानेन्दले दिए दुई करोड

banner

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना (कोभिड १९) भाइरसको संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र साहले दुई करोड रुपैयाँ दिएका छन्। पूर्वराजपरिवार आबद्ध हिमानी कोषमार्फत पूर्वराजा ज्ञानेन्द्रले कोषलाई दुई करोड दिएको जानकारी मंगलबार विज्ञप्तिमार्फत् गराएका हुन्। 

विज्ञप्तिमा महामारीले देश र जनतामा सन्त्रास पैदा भएको उल्लेख गर्दै ज्ञानेन्द्रले यो रकमको घोषणा गरेका हुन्। उनले विज्ञप्तिमा लकडाउनलाई बाध्यात्मक अनिवार्यताको संज्ञा दिएका छन्। उनले यसमा कोही पनि गैरजिम्मेवार हुनु नहुने कुरामा जोड दिएका छन्।  

‘दुःख कष्ट र आपत–विपदको यो घडीमा सबैका साथमा साथ दिँदै हाम्रो तर्फबाट हिमाी कोषलाई रु दुई करोड दिई नेपाल सरकारको ‘कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोष’मा दाखिला गर्न बुझाएका छौँ’, विज्ञप्तिमा भनिएको छ, ‘य कार्यले पनि केही सहयोगी भूमिका रहने विश्वास लिएका छौँ ।’ 

ad

यो पनि पढौँ

भक्तपुर नगरपालिकाद्दारा संचालित ख्वप कोविड अस्पताललाई जनसहयोगको ओहिरो, १ करोड ३४ लाख प्राप्त

कोर्पोरट आवाज डट कम

कोभिड बिरुद्धको लडाईमा भक्तपुरबासीको अटुलनिय सहयोग

कोर्पोरट आवाज डट कम

किसानको ४ महिनाको ब्याज प्रदेश सरकारले तिर्ने, कोरोनाविरुद्ध लड्दा ज्यान गुमाए ५० लाख राहत

कोर्पोरट आवाज डट कम

Leave a Comment