२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
राजनीति समाचार

१० लाख धरौटी बुझाएर रिहा भए गच्छदार

banner

काठमाडौं। बालुवाटारको ललिता निवास सरकारी जग्गा व्यक्तिका नाममा गरेको प्रकरणमा मुद्दा खेपिरहेका काँग्रेस उपसभापति तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार १० लाख रुपैयाँ धरौटी तिरेर रिहा भएका छन्।

लामो समय फरार सूचीमा रहेका गच्छदारले बुधबार बिहान विशेष अदालत काठमाडौंमा आन्मशमर्पण गरेका थिए। त्यसपछि अदालतमा उनको बयान भएको थियो। बयानपछि भएको थुनछेक बहसपछि विशेष अदालतले उनीसँग १० लाख रुपैयाँ धरौटी माग गरेको थियो।

न्यायाधीशत्रय प्रेमराज कार्की, अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले गच्छदारलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो। सो आदेशपछि उनले धरौटी बुझाएको विशेष अदालतका उपरजिष्ट्रार पुष्पराज पाण्डेयले जानकारी दिए। उनले भने, ‘धरौटी बुझाएर उहाँ (गच्छदार) रिहा हुनु भएको छ।’

सो प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन तीनजना मन्त्रीसहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। ती मध्ये केही धरौटीमा छुटेका छन्। केही भने पुर्पक्षका लागि थुनामा छन्। केही भने अझै फरार छन्।

ad

यो पनि पढौँ

जेठ ५ पछि ठाउँ हेरी लकडाउन खुकुलो हुनसक्छ : विष्णु रिमाल

कोर्पोरट आवाज डट कम

‘राष्ट्रघाती, देश बेचुवा को हो ? टुँडिखेलमा झुण्ड्याउनुपर्‍यो’

कोर्पोरट आवाज डट कम

नारायणगढ–मुग्लिन सडक : खुल्दै बन्द हुँदै

कोर्पोरट आवाज डट कम