
काठमाडौं । अर्थ मन्त्रालयले नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) का प्रमुख चन्द्रसिंह साउदलाई पनि स्पष्टिकरण सोधेको छ । साउदले आफ्नी श्रीमति सुशीलाकुमारी बोहोराको नाममा सर्वोत्तम सिमेन्टको गोल्डेन सेयर किनेको विषयमा उनलाई अर्थमन्त्रालयले स्पष्टिकरण सोधेको हो ।
मन्त्रालयले तीन दिन भित्र स्पष्टिकरण दिन भनेको छ । अर्थ मन्त्रालयको वित्तीय क्षेत्र समन्वय महाशाखाका शाखा अधिकृत श्यामप्रसाद आचार्यको हस्ताक्षर रहेको पत्रमा ३ दिनभित्र स्पष्टिकरण पेश गर्न उल्लेख गरिएको छ ।
पत्रमा लेखिएको छ, ‘विभिन्न सञ्चार माध्यममा प्रकाशित भएका नेप्सेसँग सम्बन्धित समाचारप्रति यस मन्त्रालयको ध्यानाकर्षण भएको छ, सञ्चार माध्यममा आएका उक्त विषयवस्तुको सम्बन्धमा सत्यतथ्य यथार्थता के हो ? सोको स्पष्ट र तथ्यपरक विवरण तीन दिन भित्र यस मन्त्रालयमा उपलब्ध गराइदिन हुन आदेशानुसार अनुरोध छ ।’
उनले पनि आफ्नी छोरीको नाममा सर्वोत्तम सिमेन्टको गोल्डेन सेयर खरिद गरेको विषयमा बजारमा चर्को आलोचना भएसँगै अर्थमन्त्रालयले उनलाई स्पष्टिकरण सोधेको हो ।


