२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग स्वास्थ्य

नेपालमा थप ३ जनामा कोरोना पुष्टी, संक्रमितको संख्या १२ पुग्यो

banner

नेपालमा थप तीन जना कोरोना संक्रमित फेला परेका छन् । पर्साको वीरगञ्जमा रहेका तीनजना भारतीय नागरिकमा कोरोना पुष्टी भएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले जनाएको छ ।

प्रयोगशालाका अनुसार टेकुमा उनीहरुको नमुना परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको हो। यसअघि हेटौंडास्थित प्रयोगशालामा परीक्षण गर्दा उनीहरुको रिपोर्ट पोजेटिभ आएपछि पुनः जाँचका लागि राष्ट्रिय प्रयोगशाला पठाइएको थियो।

संक्रमित तीनसहित नेपाल आएका २४ भारतीय नागरिक र केही नेपालीको नमुना संकलन गरी गत बिहीबार परीक्षणका लागि हेटौंडा प्रयोगशाला पठाइएको थियो।

नेपाल भारतमा जारी लकडाउनकाबीच सप्तरीमा आयोजित मुस्लिम धार्मिक सभामा सहभागी हुन आएका उनीहरु १३ दिनदेखि वीरगञ्जमै बस्दै आएका थिए ।

यस अघि नेपालमा ९ जना कोरोना संक्रमित फेला परेका थिए । जसमध्ये एक जना उपचार पछि घर फर्किसकेका छन् भने अन्य ८ को विभिन्न अस्पतालमा उपचार भइरसको छ । आज तीन जना संक्रमित फेला परेसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ पुगेको छ ।

ad

यो पनि पढौँ

सरकारको प्रस्ताव : शव विदेशमै अन्त्येष्टि गर्न दिनुस्, ५० हजार लिनुस्

कोर्पोरट आवाज डट कम

लकडाउनपछि बैंकको ७० प्रतिशत ब्याज उठेन

कोर्पोरट आवाज डट कम

सरकारलाई प्रियङ्काको अनुरोध

कोर्पोरट आवाज डट कम

Leave a Comment