२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग राजनीति

चौतर्फी दबाबपछि मजदुरका विषयमा निर्णय गर्ने तयारी : उच्चस्तरीय समितिको बैठक दिउँसो २ बजे

banner

समस्यामा परेका मजदुरका विषयमा निर्णय गर्न आज उच्चस्तरीय समितिको बैठक बस्दैछ । दिउँसो दुई बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्ने बैठकमा समस्यामा परेका व्यक्तिका विषयमा निर्णय गर्ने तयारी छ ।

कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि बनेको उच्चस्तरीय समन्वय समितिले समस्यामा परेका व्यक्तिका विषयमा आज घरसम्म पुर्याइदिने विषयमा निर्णय गर्ने स्रोतले जनाएको छ ।

काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा समस्यामा परेका मजदुर, विद्यार्थी र कम आय भएका व्यक्तिहरु पैदलै हिँडेर घर फर्किएको भन्दै सरकारलाई उनीहरुका विषयमा निर्णय गर्न चौतर्फी दबाब परेको थियो ।

यसअघि सरकारले विभिन्न क्षेत्रका व्यक्तिलाई मुख्य मुख्य राजमार्गबाट घर फर्काउने तयारी गरे पनि स्थानीय सरकारसँगको समन्वयको अभावमा निर्णय नगरेर पछि हटेको थियो । काठमाडौं उपत्यका र आसपासको क्षेत्रमा अलपत्र परेका व्यक्ति चार पाँच सय किलोमिटर हिँडेरै घर फर्किएका छन् । 

ad

यो पनि पढौँ

काम नलाग्ने नोट नष्ट गर्न पोखरामा बिएसबिएस मेसिन

Corporate Aawaj

सशस्त्रका डिएसपीको रगतले बच्यो युवतीको ज्यान

कोर्पोरट आवाज डट कम

पहिलो औपचारिक कार्यक्रममा अर्थमन्त्री शर्माः पुँजी बजारमा समस्या छन्

कोर्पोरट आवाज डट कम

Leave a Comment