२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग सूचना प्रविधि

कृषि क्षेत्रका समस्या समाधान गर्न ‘एग्री ट्रान्सपोर्ट कल सेन्टर’

banner

वागमती प्रदेश सरकारले लकडाउनका कारण किसानलाई पर्न गएको समस्या समाधानका लागि ‘एग्री ट्रान्सपोर्ट कल सेन्टर’ सञ्चालन गरेको छ ।

प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले लकडाउनमा किसानको सहजताका लागि ‘एग्री ट्रान्सपोर्ट कल सेन्टर’को सञ्चालन गरेको हो । कारोना भाइरसको महामारी फैलन नदिन सरकारले लकडाउन गरेको अवस्थामा कृषि उपजहरुको ढुवानी, बिक्री वितरण, मल तथा बीउ बिजनको आपूर्तिलगायत काममा समस्या उत्पन्न भइरहेको कारण त्यसलाई समाधान गर्न कल सेन्टर स्थापना गरी सहजीकरणको काम शुरु गरिएको मन्त्रालयले जनाएको छ ।

अब कृषक, कृषि उपजको बिक्रेता, ढुवानीकर्ताले तरकारी, फलफूल, बीउ, मल, किटनाशक औषधी, पशुपंक्षी औषधी, अण्डा, दूध, पशुपंक्षीका दाना, पराल आदिको ओसारपोसारमा अवरोध भए वा कुनैपनि प्रकारको समस्या परे कल सेन्टरमा फोन गरेर सहयोग लिन सकिने मन्त्रतालयका सचिव डाक्टर योगेन्द्र कार्कीले जानकारी दिए ।

लकडाउनमा कृषि उपजको आपूर्तिलाई नियमित गरिएन भने आगामी दिनमा झन ठूलो समस्या आउने भएकोले कल सेन्टर शुरु गरेर प्रदेशका १३ वटै जिल्लामा सहजीकरण प्रारम्भ गरिएको मन्त्रालयका पशु विकास अधिकृत डाक्टर आभाष कोइरालाले जानकारी दिए । उनका अनुसार कल सेन्टर सञ्चालन शुरु हुनासाथ थुप्रै फोनहरु आइरहेको र अधिकांशका ढुवानीसँग सम्बन्धित समस्या रहेको उनले बताए ।

‘हामी समस्या टिप्छौं र तत्काल समाधानको काम गर्छौँ’, उनले भने । कल सेन्टर लकडाउन अवधिभर बिहान ६ बजेदेखि साझ ६ बजेसम्म सञ्चालन गरिने उनले बताए ।
आफ्नो उत्पादन ढुवानी, बिक्री वितरण तथा मल, बिउ बिजन आदिको ढुवानीमा समस्या आएमा कल सेन्टरका नम्बरहरु ०५७–२५९४५, ९८४५१२५०९० र ९८४५६१२९२१ फोन गर्न सकिने उनले जानकारी दिए ।

ad

यो पनि पढौँ

नेपालमा एकै पटक भेटिए तीनजना कोरोना संक्रमित

कोर्पोरट आवाज डट कम

दरवार हत्याकाण्डकाे २० वर्ष पूरा, सम्झनामा राजा वीरेन्द्र

कोर्पोरट आवाज डट कम

प्रधानमन्त्रीका सल्लाहकारलाई ह्याकरको आरोप, ई–सेवा बहिष्कार गर्ने प्रयोगकर्ताको तयारी

कोर्पोरट आवाज डट कम

Leave a Comment