२१ चैत्र २०८२, शनिबार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग स्वास्थ्य

टेकु अस्पतालका डाक्टर शेरबहादुर पुनमाथि कारबाही

banner

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डाक्टर शेरबहादुर पुनमाथि कारबाही गर्नेगरी पत्र पठाएको छ । 

स्वास्थ्यमन्त्री भानुभक्त ढकालको ठाडो आदेशमा अस्पतालका सरुवा रोग विशेषज्ञ डा. पुनलाई कारबाही गर्न पत्राचार गरिएको हो । ;स्पष्टीकरण मागसहितकाे सो पत्र शुक्रबार टेकु अस्पतालको प्रशासनमा पुगेको छ ।  टेकु अस्पतालको प्रशासन विभाग प्रमुख रुपनारायण खतिवडाले ‘पत्र प्रशासनमा आइपुगेको भएपनि आफूले शुक्रबार खोलेर हेर्न नभ्याएकाले के व्यहोरा उल्लेख छ भन्ने जानकारी नभएको’ दावी गरे । 

‘पत्र हिजो आएको भन्ने कुरा मेरो स्टाफले मलाई फोन गरेर जानकारी गराउनु भएको थियो । तर, म विशेष कारणबस बाहिर हुँदा पत्र खोलेर हेरेको छैन ।’ ‘गोप्य’ पत्र आइतबार खोलेर हेरेपछि थप कुरा आउने उनले बताए ।  स्रोतका अनुसार टेकु अस्पतालको क्लिनिकल रिसर्च युनिटको संयोजक समेत रहेका डा पुनले हाल महामारीको रुपमा फैलिएको कोरोना भाइरसको विषयमा ‘अनावश्यक रुपमा बोलेको’ भन्दै मन्त्री ढकाल उनीसँग असन्तुष्ट थिए । तर, डाक्टर पुनले भने ‘आफूले कोरोनाभाइरसबारे सत्यतथ्य कुराहरु प्रकाशमा ल्याएर जनचेतना फैलाएको’ बताएका छन् ।

‘आफूले कोरोनाभाइरसको विषयमा सत्यतथ्य मिडियामा बताएको भन्दै पुनले कसैलाई यसमा चित्त बुझ्दैन भने आफूले भन्नु केही नरहेको’ बताए । ‘मैले आफूलाई जानकारी भएको विषय सञ्चारमाध्यममार्फत र अन्य  माध्यममार्फत लगातार प्रकाशमा ल्याएर जनचेतना फैलाउँदै आएको साँचो हो । मेरो नाममा पत्र आएको सुनेको छु । तर त्यसमा के छ मैले हेरेको छैन ।’

स्रोतका अनुसार उनलाई मिडियामा अनावश्यक रुपमा नबोल्न भन्दै मन्त्रालयका केही अधिकारीले दवाव दिँदै आएका थिए । उनी कार्यरत अस्पतालमा नै पनि उनकाे सक्रियता र मिडियामा उनको बढ्दो ‘कभरेज’का कारण असन्तोष गर्नेहरुको जमात् नै खडा हुँदै गएको थियो । तिनीहरुकै समेत खुट्टा तनाइको उनी शिकार बनेको स्रोतको दावी छ ।

स्रोतका अनुसार आफूविरुद्ध विकसित हुँदै गएको यो माहोलका बारेमा डा. पुन जानकार थिए तर उनले त्यसलाई खासै महत्व दिएका थिएनन् । त्यसको वेवास्ता गर्दै जनचेतना  फैलाउने काममा निरन्तर लागेपछि अहिले उनीविरुद्ध कारबाही भएको हो ।

स्रोतका अनुसार मन्त्रालयमा तानिएको भनिए पनि करारका डाक्टर मन्त्रालय तान्नुको औचित्य छैन । 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा र स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. महेन्द्र श्रेष्ठले पत्र र कारवाहीबारे अनभिज्ञता प्रकट गरे ।

ad

यो पनि पढौँ

काठमाडौंमा थालियो राहत वितरण, परिवारअनुसार चामलसहितको प्याकेट हुने

कोर्पोरट आवाज डट कम

झापामा ६२ वर्षीय बृद्धमा देखियो कोरोना संक्रमण

कोर्पोरट आवाज डट कम

बिहीबारदेखि एक बैंकको कार्ड अर्काे एटिएममा प्रयोग गर्दा शुल्क लाग्ने

कोर्पोरट आवाज डट कम

Leave a Comment