
जनकपुरधाममा १०/१० को नोट फालेर भागेका दुई जना महिलामध्ये एक जनाको आरडिटी रिपोर्ट पोजेटिभ देखिएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाले आज पक्राउ गरेका दुबै महिलाको प्रादेशिक अस्पताल जनकपुरधाममा जाँच्दा उनीहरूमध्ये एक जनाको आरडिटी रिपोर्ट पोजेटिभ आएको अस्पतालका एक चिकित्सकले जानकारी दिए।
यसका साथै अस्पतालमा भर्ना भएका अर्का दुई जनामा पनि आरडिटी पोजेटिभ देखिएको उनले बताए।
उनले भने, ‘अस्पतालमा भर्ना भएकामध्ये ३ जनामा आरडिटी रिपोर्ट पोजेटिभ देखिएको छ त्यसमध्ये पैसा फाल्ने दुई जना महिलामध्ये एक जनामा समेत पोजेटिभ देखिएको छ।’
धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले पनि पैसा फालेर भागेकी दुईमध्ये एक जना महिलामा आरडिटी रिपोर्ट पोजेटिभ भेटिएको भन्ने जानकारी आफूलाई आएको बताए।


