५ आश्विन २०८०, शुक्रबार / September 22, 2023
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग समाचार स्वास्थ्य

३ जनाले जिते कोरोना,डिस्चार्जपछि बागलुङकी वृद्धा खुसी हुँदै घर गइन्

banner

कोरोनामुक्त भएकी  बागलुङकी ६५ वर्षीय वृद्धा अस्पतालबाट डिस्चार्ज भएकी छिन् । धौलागिरि अञ्चल अस्पताल बागलुङको आइसोलेसनमा उपचाररत उनको तेस्रो र चौथो स्वाब परीक्षणको नतिजा नेगेटिभ आएको केही घण्टापछि उनी डिस्चार्ज भएकी हुन् । डिस्चार्जपछि उनी खुसी हुँदै घर गएकी छिन् ।  उनमा बिहीबार गरिएको तेस्रो रिपोर्ट र शनिबार गरिएको चौथो रिपोर्टमा कोरोना नभएको पुष्टि भएको बागलुङका प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजूले जानकारी दिए ।  चैत २० गते संक्रमण पुष्टि भएपछि ती वृद्धालाई धौलागिरी अञ्चल अस्पतालमा भर्ना गरिएको थियो । उनी चैत ४ गते उनी बेल्जियमबाट कतार एयरको क्युआर ६५२ को फ्लाइटबाट नेपाल आएकी थिइन् ।  आजै टेकु अस्पतालमा उपचाररत काठमाडौंकी १९ वर्षीया युवती पनि कोरोना मुक्त भएर घर फर्किएकी थिइन् । त्यसअघि १ जना कोरोनामुक्त भएर घर फर्किसकेका छन् ।
 

ad

यो पनि पढौँ

डोलेश्वर दर्शनार्थीलाई मास्क र स्यानिटाइजर वितरण

कोर्पोरट आवाज डट कम

राजु खड्का र सन्दीप लामिछाने एउटै टिममा, पवन अग्रवाल वैकल्पिक !

कोर्पोरट आवाज डट कम

मन्त्रिपरिषद्को बैठक बस्दै

कोर्पोरट आवाज डट कम

Leave a Comment