४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग समाचार स्वास्थ्य

३ जनाले जिते कोरोना,डिस्चार्जपछि बागलुङकी वृद्धा खुसी हुँदै घर गइन्

banner

कोरोनामुक्त भएकी  बागलुङकी ६५ वर्षीय वृद्धा अस्पतालबाट डिस्चार्ज भएकी छिन् । धौलागिरि अञ्चल अस्पताल बागलुङको आइसोलेसनमा उपचाररत उनको तेस्रो र चौथो स्वाब परीक्षणको नतिजा नेगेटिभ आएको केही घण्टापछि उनी डिस्चार्ज भएकी हुन् । डिस्चार्जपछि उनी खुसी हुँदै घर गएकी छिन् ।  उनमा बिहीबार गरिएको तेस्रो रिपोर्ट र शनिबार गरिएको चौथो रिपोर्टमा कोरोना नभएको पुष्टि भएको बागलुङका प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजूले जानकारी दिए ।  चैत २० गते संक्रमण पुष्टि भएपछि ती वृद्धालाई धौलागिरी अञ्चल अस्पतालमा भर्ना गरिएको थियो । उनी चैत ४ गते उनी बेल्जियमबाट कतार एयरको क्युआर ६५२ को फ्लाइटबाट नेपाल आएकी थिइन् ।  आजै टेकु अस्पतालमा उपचाररत काठमाडौंकी १९ वर्षीया युवती पनि कोरोना मुक्त भएर घर फर्किएकी थिइन् । त्यसअघि १ जना कोरोनामुक्त भएर घर फर्किसकेका छन् ।
 

ad

यो पनि पढौँ

तेल उत्पादक देशले २० प्रतिशतभन्दा बढी तेल कटौती गर्ने

कोर्पोरट आवाज डट कम

शिक्षामन्त्रीलाई गगनको प्रश्न : राष्ट्रपतिलाई श्री ६ बनाउने रहर किन पलायो ?

कोर्पोरट आवाज डट कम

डिजेल पेट्रोलमा कोटा, शनिबार गाडी चल्नै नपाउने

कोर्पोरट आवाज डट कम

Leave a Comment