२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग स्वास्थ्य

कोरोना संक्रमित भनिएका युवक सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज

banner

सेती प्रादेशिक अस्पतालको आईसोलेशनमा उपचाररत कैलालीको लम्की चुहानगरपालिकाका युवक आईतबार अस्पतालबाट डिष्चार्ज भएका छन् । लम्की चुहानगरपालिकाका २१ वर्षीय राज बिक कोरोना संक्रमितभई सेती प्रादेशिक अस्पतालबाट १६ दिन अघि भर्ना भएका थिए।

उनलाई कोरोना संक्रमण पूर्ण रुपले नेगेटिभ भएको पुष्टि सहित डिस्चार्ज गरिएको सेती प्रादेशिक अस्पताल धनगढीले जनाएको छ । भारतबाट आएका लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका ती युवकमा चैत २२ गते पिसिबारबाट कोरोना संक्रमणको पुष्टि भएको थियो ।

दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिष्चार्ज गरिएको अस्पतालले जनाएको छ । उनी भारतको मुम्बईबाट चैत ११ गते गौरीफन्टा नाका हुँदै धनगढीको बाटो भएर नेपाल फर्किएका थिए। भारतबाट आएका उनलाई लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो । यससँगै नेपालमा कोरोना भाइरस संक्रमण निको भएर डिस्चार्ज हुने उनी चौथो व्यक्ति भएका छन्।

कोरोनाको कहर बढ्दै जाँदा संक्रमित भनिएकाहरुको रिपोर्ट तीन तीन पटकको चेक जाँचबाट नेगेटिभ रिपोर्ट आउन थालेपछि संक्रमित भनिएकाहरुको उपचारमा प्रयोग हुने उपकरणहरु पनि भरपर्दो बनाइनु पर्ने आम मानिसहरुको माग रहेको छ ।

ad

यो पनि पढौँ

एनसेलले बुझायो थप १४ अर्ब ३३ करोड, अन्त्य भयो पुँजीगत लाभकर विवाद

कोर्पोरट आवाज डट कम

कोभिड–१९ : जोखिममा सुदूरपश्चिम

कोर्पोरट आवाज डट कम

औषधि खरिदमा अनियमितता गर्नेलाई बर्खास्त गर : कांग्रेस

कोर्पोरट आवाज डट कम

Leave a Comment