२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
फिचर समाचार

कांग्रेसका महामन्त्री शशांक कोइरालाको गाडी डुब्यो

banner
नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला चढेको गाडी शुक्रबार दिउँसो टेकुको बाग्मती सडक करिडोरमा डुबेको छ ।
त्रिपुरेश्वरबाट बाग्मती करिडर हुँदै पार्टी केन्द्रीय कार्यालय सानेपा जाँदै गर्दा डा. कोइरालाको बा१७च ६६६४ नम्बरको गाडी टेकुबाट सानेपा जाने पुलमुनिको बाटोमा डुबेको हो ।
‘पार्टी केन्द्रीय कार्यालय जाँदा सधै त्यही बाटो भएर गइन्थ्यो,’ महामन्त्री कोइरालाका स्वकीय सचिव भरत तिवारीले भने, ‘पुलमुनि ढलान गरेको थियो, गाडी पार हुन्छ भनेर ड्राइभरले पुलमुनिबाटै गाडी लगे तर बीच भागमा पुगेपछि स्टार्ट नै बन्द भयो । अनि, हामी अरु गाडी मगाएर बाहिर निस्कियौं ।’
गाडी डुबेपछि महामन्त्री कोइराला, सहयोगी तिवारी र ड्राइभर तत्काल सवारीबाट उत्रिएका थिए । घाँटीसम्मको पानीमा डुबेका कोइराला महाराजगन्ज फर्किएका थिए । कोइरालाको सवारी भने बिग्रिएकाले ग्यारेजमा लगिएको छ ।

ad

यो पनि पढौँ

लोकसेवाले खोल्यो बिज्ञापन, कुन समुहमा कति गर्यो माग (सूचनासहित)

कोर्पोरट आवाज डट कम

विज्ञको चेतावनी : नेपाली सेनालाई खरिद–बिक्री र ठेक्कापट्टामा लगाउँदा पाकिस्तानको हालत हुन सक्छ

कोर्पोरट आवाज डट कम

यी स्थानमा महंगो भयो पार्किङ शुल्क, नो पार्किङमा पार्क गरे १० हजार जरीवाना

कोर्पोरट आवाज डट कम

Leave a Comment