२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
राजनीति समाचार

पार्टी एकता भंग गर्न ओली सर्वोच्च पुगेको नेपालको आरोप

banner

नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले नै पार्टी एकता भंग गर्न खोजेको आरोप लगाएका छन् । सर्वोच्च अदालतले कर्णाली प्रदेशका चार सांसदलाई पुनर्वहाली गर्न दिएको आदेशविरुद्ध ओली भ्याकेटमा गएकोप्रति नेपालले असन्तुष्टि जनाएका हुन् ।

नेपालले सामाजिक सञ्जालमार्फत भनेका छन्–‘कर्णाली प्रदेशका संसद्हरुमाथि विधान विपरीत गरिएको कारबाहीलाई अदालतले उल्ट्याएपछि फेरि भ्याकेटमा जाने निर्णयबाट पार्टीलाई एकता भंग गर्ने दिशामा लग्न खोजिएको प्रस्ट बुझ्न सकिन्छ

कर्णाली प्रदेशसभामा फ्लोर क्रस गरेर माओवादी केन्द्रका मुख्यमन्त्रीलाई विश्वासको मत दिने सांसदहरु प्रकाश ज्वाला, नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीलाई एमालेको १० औं राष्ट्रिय महाधिवेशन आयोजक समितिले निष्कासनको कारबाही गरेको थियो ।

तर, सर्वोच्च अदालतले एमालेको १० औं महाधिवेशन आयोजक समितिले गरेको कारबाही वैध नहुने भन्दै सांसदहरुलाई पुनर्वहाली गरिदिएको थियो । उक्त आदेशविरुद्ध सोमबार एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्चमा पुनरावलोकन निवेदन दिएका थिए ।

नेता नेपालले प्रधानमन्त्री ओलीमाथि सत्ता जोगाउन संविधान विरोधी र दक्षिणपन्थी तत्वसँग आत्मसमर्पण गरेको आरोप पनि लगाएका छन् । उनले भनेका छन्–‘सत्ता जोगाउन संविधानका विरोधी र दक्षिणपंथी तत्वसँग आत्मसमर्पण गर्ने, एकताविरोधी हर्कतलाई जारी राख्ने कुराले एकताबद्ध पार्टी बनाउने प्रयासविरुद्ध को कुन रूपमा लागेको छ – सहजै देख्न सकिन्छ ।’

ad

यो पनि पढौँ

२ लाख ८५ हजार व्यक्तिले दर्ता गरे मोबाइलको आईएमईआई नम्बर

कोर्पोरट आवाज डट कम

कोरोनाको कहर : गाउँमा डरैडर, सहर सुनसान

कोर्पोरट आवाज डट कम

उपचार खर्च तिर्न नसकेर अस्पतालमा ४ दिनदेखि बन्धक सुत्केरी मुक्त, प्रधानमन्त्रीपत्नी शाक्यले बेहोरिन सबै खर्च

कोर्पोरट आवाज डट कम