२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग स्वास्थ्य

भक्तपुर नगरपालिकामा आरडीटी परीक्षण सुरु

banner

भक्तपुर नगरपालिकामा कोभिड १९ को एन्टीबडी परीक्षण सुरु भएको छ।  नगरपालिकाद्वारा संचालित जनस्वास्थ्य सेवा केन्द्रमा र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) सुरु गरिएको हो। विश्वभर फैलिरहेको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै विदेशबाट फर्किएका व्यक्ति र सम्भावित व्यक्तिहरुको परीक्षण गर्ने अभियानस्वरुप भक्तपुर नगरमा आजबाट आरडीटी टेस्ट सुरु गरिएको हो।

भक्तपुर वडा नं. १० कमलविनायक सरस्वती विद्यागृहमा ९ जनाको परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ। मंगलवार ११ बजेदेखि २ बजेसम्म वडा ४ तालाक्व, वडा ५ भगवतीस्थान र वडा ९ इन्जिनियरिङ कलेजमा आरडीटी परीक्षण हुने जनस्वास्थ्य केन्द्रले जनाएको छ।

गत चैत्र १ गतेदेखि विभिन्न देशबाट नेपाल फर्केका भक्तपुर नगरबासीहरुलाई आरडिटी परीक्षण गराउन सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्न नगरपालिकाले आग्रह गरेको छ।

ad

यो पनि पढौँ

थप ३२ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ५ सय ४८ पुग्यो

कोर्पोरट आवाज डट कम

राजाकै हैसियतमा ज्ञानेन्द्रले जारी गरे विज्ञप्ति, दलहरुलाई यस्तो चेतावनी

कोर्पोरट आवाज डट कम

मेलम्ची खानेपानी आयोजनाको बजेट साढे ५ अर्ब

कोर्पोरट आवाज डट कम

Leave a Comment