२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग स्वास्थ्य

थप ३२ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ५ सय ४८ पुग्यो

banner

थप ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बिहान जारी गरेको प्रेसविज्ञप्ति अनुसार योसँगै मुलुकमा संक्रमित संख्या ५ सय ४८ पुगेको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला-काठमाडौं, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला-भैरहवा र भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशाला-भरतपुरमा गरिएको परीक्षणमा ३२ जना नयाँ कोरोना संक्रमित फेला परेका हुन्।

संक्रमितमा दुई जना महिला र ३० जना पुरूष रहेका छन्।

संक्रमितमध्ये ८ जना कपिलवस्तुको वाणगंगा नगरपालिकाको हुन् भने १३ जना सर्लाही गोडैता तथा कविलासी नगरपालिकाका र एक जना बारा करैयामाइ गाउँपालिकाका हुन्।

यसैगरी अर्का एक ३५ वर्षीय संक्रमित काठमाडौंका पुरूष भएको खुलेको छ।

यसैगरी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा फेला परेका ८ जना संक्रमित रुपन्देहीको गैडहवा र रोहिनी गाउँपालिकाका बासिन्दा हुन्।

यस्तै चितवनमा फेलापरेका संक्रमित भरतपुर-६ का बासिन्दा भएको मन्त्रालयले जनाएको छ।

ad

यो पनि पढौँ

जेठ ५ गतेसम्म लकडाउन गर्ने सरकारको निर्णय

कोर्पोरट आवाज डट कम

‘एक महिनाअघि भारत जुन ठाउँमा थियो, हामी त्यहीँ छौं’

कोर्पोरट आवाज डट कम

कास्की : लकडाउनमा बाहिरिए ४९ हजार, भित्रिए ३२ हजार

कोर्पोरट आवाज डट कम