२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग राजनीति

आर्थिक चलखेल गरी पार्टी फुटाउने षड्यन्त्र गर्न अध्यादेश ल्याइएको समाजवादी पार्टीको ठहर

banner

सरकारले राजनीतिक पार्टीहरुलाई सत्ता–शक्ति, पद र आर्थिक चलखेल गरी फुटाउने षड्यन्त्र गर्न अध्यादेश ल्याइएको समाजवादी पार्टीले ठहर गरेको छ । यसले मुलुकमा राजनीतिक अस्थिरता ल्याउने र लोकतन्त्रलाई समाप्त पारी देशलाई नै ठूलो दुर्घटनामा पार्ने देखिएको पार्टीका अध्यक्ष उपेन्द्र यादवल जनाएका छन् ।
कोरोनाभाइरस (कोभिड–१९) बाट आक्रान्त भइ नेपाली जनता लकडाउनको पीडा भोगिरहेको अवस्थामा सरकारले ‘राजनीतिक दल सम्बन्धी (दोश्रो संशोधन) अध्यादेश, २०७७ र संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७’ मार्फत् कानूनहरु संशोधन गरेको छ ।


कोरोनाभाइरस (कोभिड–१९) बाट आक्रान्त भइ नेपाली जनता लकडाउनको पीडा भोगिरहेको अवस्थामा सरकारले ‘राजनीतिक दल सम्बन्धी (दोश्रो संशोधन) अध्यादेश, २०७७ र संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७’ मार्फत् कानूनहरु संशोधन गरेको छ ।

‘यसले नेपाली जनताको ठूलो त्याग, संघर्ष र बलिदानबाट प्राप्त – सङ्घीयता, लोकतन्त्र, गणतन्त्र र समावेशीतालाई धरापमा पार्ने र सिंगो मुलुकलाई नै द्वन्द र अस्थिरतातर्फ धकेल्नेछ । उक्त अध्यादेश लोकतन्त्र र संविधानको मर्म र भावनाका प्रतिकूल हुनुका साथै देश र जनताको हितविरुद्ध पनि छन्,’ अध्यक्ष यादवद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यसलाई सरकारले फिर्ता लिनुपर्ने पार्टीले माग गरेको छ । साथै, पार्टीले कोरोना महामारीबाट जनताको जीवनको रक्षा गर्दै लोकतन्त्रको रक्षा र राष्ट्रिय हितका लागि सरकारले चालेको गैर–लोकतान्त्रिक कदमका विरुद्ध एकतावद्ध हुन आमजनसमुदाय तथा लोकतान्त्रिक शक्तिहरुसँग अनुरोध गरेको छ ।

ad

यो पनि पढौँ

चाँडै आईफोन १६ डिस्प्ले प्यानलको उत्पादन सुरु गर्दै एप्पल

Corporate Aawaj

तेस्रो चरणको जटिलतामा कालापानी

कोर्पोरट आवाज डट कम

कोरोनाको राहत लिनेको घर जल्यो, खुल्यो २४ लाख लुकाएको रहस्य

कोर्पोरट आवाज डट कम

Leave a Comment