२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग विदेश

आप्रवासीलाई अमेरिका आउन नदिने आदेशमा हस्ताक्षर गर्दैछु: ट्रम्प

banner

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीलाई अमेरिका आउन रोक्ने कार्यकारी आदेशमा आफूले हस्ताक्षर गर्न लागेको बताएका छन्।

सोमबार राति ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले  कोरोना महामारीपछि अमेरिकी नागरिको जागिर जोगाउन  आप्रवासीलाई अस्थायी रूपमा अमेरिका प्रवेशमा रोक लगाउने आदेश जारी गर्न लागेको बताएका हुन्।

‘अदृश्य शत्रुको आक्रमण र  हाम्रा महान अमेरिकी नागरिकको रोजगारी जोगाउन म आप्रवासीलाई केही समयका लागि अमेरिका प्रवेशमा रोक लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गर्दैछु,’ ट्रम्पले ट्वीटरमा लेखेका छन्।

केही सातायता ट्रम्प प्रशासनले स्वास्थ्यको मुद्दालाई देखाएर अमेरिका प्रवेश गर्न चाहने शरणार्थी, कागजातविहीनहरूलाई रोक्ने कदम ठिक हुने भन्दै आएका थिए।

ट्रम्पको पछिल्लो ट्वीटले उनी अमेरिकालाई बाँकी विश्वबाट अलग्याउन चाहन्छन् भन्ने देखिन्छ। स्रोतहरूका अनुसार केही दिनमै नयाँ ग्रिनकार्ड र कामदार भिसा दिनेको प्रावधान पनि रोकिनेछ।

ट्रम्पले नयाँ आदेशमा हस्ताक्षर गरेसँगै अमेरिकाले काम र बसाइँ सरेर अमेरिका आउन चाहनेहरूको निवेदनलाई प्रमाणित गर्नेछैन। पहिलादेखि नै आप्रवासीप्रति कठोर नीति लिँदै आएको ट्रम्प प्रशासनले यही आदेशका भरमा यो पक्रियालाई अनिश्चितकालसम्म लब्याउन सक्छ।

राष्ट्रपति ट्रम्पले कुन कानुनका आधारमा आप्रवासीहरूलाई अमेरिका प्रवेशको ढोका बन्द गर्ने आदेश ल्याउँछन् भन्ने स्पष्ट छैन।

पछिल्लो समय अमेरिका कोरोनाभाइरसको महामारीबाट नराम्रोसँग प्रभावित भएको छ।

मंगलबारसम्म त्यहाँ सात लाख ९२ हजार मानिस बिरामी भएका छन् भने ४२ हजार ५ सय बढीले ज्यान गुमाएका छन्।

ad

यो पनि पढौँ

कोरोना नियन्त्रणका लागि १३ अर्व अतिरिक्त बजेट माग्दै स्वास्थ्य मन्त्रालय

कोर्पोरट आवाज डट कम

एक आपसमा निषेधका क्रियाकलाप नगर्न गृह मन्त्रालयको आग्रह

कोर्पोरट आवाज डट कम

ओली सरकारमा मन्त्री बनेका जसपाका ९ नेता उपेन्द्र समूहद्वारा पार्टीबाट निष्कासित

कोर्पोरट आवाज डट कम

Leave a Comment