४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग स्वास्थ्य

भारतको क्वारेन्टाइनमा २५ दिन बसेर फर्किए १०२ नेपाली

banner

भारतीय क्वारेन्टाइनमा २५ दिन बिताएका नेपालीहरुलाई स्वदेश फर्काउन शुरु गरिएको छ । सीमा क्षेत्रको क्वारेन्टाइनमाा ३ सय ४१ नेपाली छन् । तीमध्ये शुक्रबार १०२ जनालाई नेपाल ल्याइएको छ ।

पहिलो दिन कोरोना परीक्षण गर्न समय लाग्ने भएकाले कम ल्याइएको र शनिवार बिहानैदेखि बाँकी नेपालीलाई ल्याइने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिए । ‘उनीहरुलाई सीमा नाका बेलहिया ल्याएर कोरोना परीक्षण गरेपछि मात्र सम्बन्धित जिल्ला प्रशासनसँग समन्वय गरेर घर पठाउछौं,’ उनले भने ।

३४१ जना भारतको इन्टर कलेज नौतनवा, मोर्डन कलेज नौतनवा, सिटी होस्टल सुनौली बाइपास र सुवास बोस जुनियर इन्टरकलेज सुनौलीमा थिए ।

प्रदेश सभा सदस्य सन्तोष पाण्डेले ३ चरणमा गरी उनीहरुलाई नेपाल भित्र्याइने जानकारी दिए । नेपाल ल्याइएकाहरुको ¥यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) गरी नेगेटिभ रिपोर्ट देखिएकालाई घर पठाइने र पोजेटिभ देखिए यतै आइसोलेसनमा राखी थप उपचारको ब्यवस्था गरिने पाण्डेले बताए ।

‘भारतमा रहेका नेपालीहरुलाई १४ दिन क्वारेन्टाइनमा राख्ने भनिएको थियो, १४ दिन पुगे पनि नेपाल आउन नपाएपछि नेपालीहरु आक्रोशित थिए,’ उनले सुनाए ।

नेपाल फर्केका नेपालीलाई लिन सम्बन्धित स्थानीय तहहरुले सवारी साधनको व्यवस्थापन गरेको रुपन्देही प्रहरी प्रवक्ता खड्क बहादुर खत्रीले बताए ।

सवारी व्यवस्थापन हुन नसकेको हकमा भने यतै क्वारेन्टाइनमा राखी स्थिति सहज भएपछि पठाउने खत्रीले जानकारी दिए ।

भारतमा रहेका नेपालीहरु नेपाल आए पनि नेपालतर्फ रहेका भारतीयहरुबारे अझै पनि केही निर्णय हुन सकेको छैन ।

रुपन्देही, अर्घाखाँची, पाल्पा, चितवन, तनहुँ, बारा, कपिलवस्तु, प्युठान, धादिङ, बागलुङ, स्याङ्जा, जाजरकोट, खोटाङ, बाँके, मोरङ, सुनसरी र पूर्वीनवलपरासी गरी १८ जिल्लाका नागरिक छन् । यसमध्ये धेरै गुल्मी र अर्घाखाँचीका छन् ।

ad

यो पनि पढौँ

केही खुकुलो बनाएर उपत्यकामा एक हप्ता निषेधाज्ञा थपियाे

कोर्पोरट आवाज डट कम

कोरोना नियन्त्रणका लागि १३ अर्व अतिरिक्त बजेट माग्दै स्वास्थ्य मन्त्रालय

कोर्पोरट आवाज डट कम

लिपुलेक विवादमा भारतमात्र होइन, चीन पनि संलग्न छ : प्रचण्ड

कोर्पोरट आवाज डट कम

Leave a Comment