४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग समाचार

केही खुकुलो बनाएर उपत्यकामा एक हप्ता निषेधाज्ञा थपियाे

banner

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्बिने भएको छ। आइतबार उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञाको अवधि एक साता थप गर्ने निर्णय गरेको हो। निषेधाज्ञा थपिएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए।

वैशाख १६ गतेदेखि पटक पटक गरि लागु गरिएको निषेधाज्ञाको अवधि सोमबार रातिबाट सकिन लागेको बेला उपत्यकामा तीनै जिल्लाका प्रजिअहरुको बैठकले निषेधाज्ञा पुनः एक साता थप गरेको हो। अबको निषेधाज्ञामा केही परिमार्जन समेत भएको छ।

संक्रमण दर कम हुँदै गएकाले थप गरिएको निषेधाज्ञामा केही प्रावधान खुकुलो पारिएको छ। अब तरकारी तथा खाद्यान्न पसल बिहान ११ बजेसम्म खुल्नेछन्। अलनाइन डोम डेलिभरी सेवालाई पनि सुचारु गरिनेछ। पुस्तक पसल बिहान ११ बजेसम्म खुल्नेछन्।

ad

यो पनि पढौँ

कोरोना संक्रमणको आशंकामा साढे चार हजारको नमुना परीक्षण

कोर्पोरट आवाज डट कम

घाँटीमा प्रेस कार्ड, झोलामा हतियार, काम चोरी

कोर्पोरट आवाज डट कम

साताको पहिलो दिन शेयर बजारमा २७.१७ अंकको बृद्धि

कोर्पोरट आवाज डट कम