४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग विदेश स्वास्थ्य

कोरोना अपडेट : विश्वभर २३९,६०४ को मृत्यु, ३,४०१,१९० संक्रमित

banner

महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड -१९) का कारण विश्वभर २३९,६०४ जनाको मृत्यु भएको छ ।

हालसम्मको तथ्यांक अनुसार विश्वका ३,४०१,१९० जना कोरोना संक्रमित भेटिएका छन् । यस्तै, १,०८१,६३९ जना भने उपचारपछि निको भएका छन् ।

अहिले विश्वकै कोरोना प्रभावित मुलुक संयुक्त राज्य अमेरिका भएको छ । अमेरिकामा ६५ हजार ७ सय ६६ जनाको मृत्यु भएको छ भने ११ लाख ३१ हजार २८० जना संक्रमित फेला परेका छन् ।

अमेरिकापछि महामारीको चपेटामा परेको दोस्रो देश हो इटली जहाँ २८ हजार २३६ जनाको मृत्यु भइसकेको छ भने २ लाख ७ हजार ४२८ जना संक्रमित भेटिएको पुष्टि भएको छ । पहिलोपटक कोरोना भाइरस देखिएको चीनमा भने हालसम्म ४ हजार ६३३ जनाको मृत्यु भएको छ ।

यस्तै, स्पेनमा २४ हजार ८२४, फ्रान्समा २४ हजार ५९४, बेलायतमा २७ हजार ५१०, इरानमा ६ हजार ९१, बेल्जीयममा ७ हजार ७०३, जर्मनीमा ६ हजार ७३६, नेदरल्याण्डमा ४ अजार ८९३, टर्कीमा ३ हजार २५८, स्वीजरल्याण्डमा १ हजार ७५४, ब्राजिलमा ६ हजार ४१० जनाको मृत्यु भइसकेको छ ।

विश्वका २१२ मुलुकमा फैलिएको कोरोना संक्रमण नेपालमा पनि देखिएको छ । नेपालमा ५९ जना कोरोना संक्रमित भेटिएको पुष्टि भएको छ भने हालसम्म कसैको मृत्यु भएको छैन ।

ad

यो पनि पढौँ

‘एस्ट्राजेनिका’ खोप माग गर्दै बेलायतलाई पत्र पठाउँछौं: मन्त्री तामाङ

कोर्पोरट आवाज डट कम

सबै अस्पताललाई ७ दिनभित्र उपचार शुल्क सार्वजनिक गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

कोर्पोरट आवाज डट कम

नेपालमा थप ३ जनामा कोरोना पुष्टी, संक्रमितको संख्या १२ पुग्यो

कोर्पोरट आवाज डट कम

Leave a Comment