२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग राजनीति

राजधानीमा चलहपहल बढेकोमा प्रधानमन्त्री असन्तुष्ट

banner

प्रधानमन्त्री केपी शर्मा ओलीले राजधानी काठमाडौंसहित देशभर आइतबारदेखि मान्छे र गाडीको चहलपहल बढेकामा असन्तुष्टि प्रकट गर्दै लकडाउनलाई कडाइका साथ लागू गर्न उच्चस्तरीय समन्वय समिति र गृह मन्त्रालयलाई निर्देशन दिएका छन् ।

सरकारी कर्मचारीहरुलाई कार्यालय समय तोकेर आइतबारदेखि काठमाडौंमा ‘टाइम कार्ड’ लागू गरिएपछि कार्यालय समयमा सवारी जाम देखिएको थियो । लकडाउनमा राजधानीमा सवारी जामका तस्बिर र समाचारहरु आएपछि सामाजिक संजालमा समेत चर्चा भएको थियो ।

उनले मान्छेको जीवनभन्दा आर्थिक गतिविधि ठूलो नहुने बताएका थिए । लकडाउनको पालना गराउने कुरामा कुनै कमीकमजोरी हुन नहुने पनि उनले बताए ।

प्रधानमन्त्रीको निर्देशनलगत्तै गृह मन्त्रालयले एक जिल्लाबाट अर्कोमा जान दिने गरी जारी गरिएका सबै पास खारेज गरेको छ ।

ad

यो पनि पढौँ

आरजु किन जाँदैछिन् भारत ?

कोर्पोरट आवाज डट कम

कक्षा ११ र १२ को परीक्षा स्थगित

कोर्पोरट आवाज डट कम

संसद्‌मा कांग्रेसले असभ्य व्यवहार देखायो : ओली

Corporate Aawaj