४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग राजनीति समाचार

आरजु किन जाँदैछिन् भारत ?

banner

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं प्रधानमन्त्री पत्नी डा. आरजु राणा देउवा एक साताका लागि भारत जाने भएकी छिन् । उनी मंगलवार भारत जानेछिन् । उनको भ्रमण राजनीतिक भने नरहेको निकटस्थहरूले बताएका छन् ।

‘उहाँको हेल्थ चेक अपको फलो अप छ । विशुद्ध उपचारका लागि जान लाग्नुभएको हो’, निकट स्रोतले भन्यो ।

गत पुसमा पनि उनी भाइ भूषण राणाको उपचारका लागि भन्दै भारत गएकी थिइन् । त्यति बेला आरजुले राजनीतिक भेटघाट समेत गरेकी थिइन् । यस पटक पनि भारतमा रहँदा राजनीतिक भेटघाट हुनसक्ने सम्भावना छ ।

नेपालमा मन्त्रिपरिषद् पुनर्गठन र लोसपालाई सरकारमा सहभागी गराउने चर्चा चलिरहँदा आरजुको भारत भ्रमणलाई राजनीतिक दृष्टिले पनि हेरिएको छ ।

कांग्रेस केन्द्रीय सदस्य आरजुले पछिल्लो समय राजनीतिक एवं कूटनीतिक भेटवार्तालाई तीव्रता दिदैं आइरहेकी छिन् ।

ad

यो पनि पढौँ

पहिलो पटक मानिसबाट जनावरमा सर्‍यो कोरोना भाइरस, न्यू योर्कमा बाघ संक्रमित

कोर्पोरट आवाज डट कम

लकडाउन उल्लंघन गर्ने एक हजार सवारी साधन कारबाहीमा

कोर्पोरट आवाज डट कम

कोरोनाबाट आज देशैभरी ३२६० संक्रमित, ३२ जनाको मृत्यु

कोर्पोरट आवाज डट कम