२१ चैत्र २०८२, शनिबार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
अर्थ ट्रेंडिंग समाचार

डिजेलमा पानी मिसाउने भक्तपुरकाे फ्युल सेन्टरलाई २ लाख जरिवाना

banner

भक्तपुरको मध्यपुरथिमि नगरपालिका १, लोकन्थलीस्थित सिद्धार्थ फ्युल सेन्टरलाई कारवाहीस्वरुप रु २ लाख जरिवाना गरिएको छ । गत वैशाख १८ गते पम्पले उपभोक्तालाई पानी मिसिएको डिजेल बिक्री गरेको गुनासोपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, नेपाल आयल निगम र गुणस्तर तथा नापतौल विभागका कर्मचारीले संयुक्त रूपमा अनुगमन गरी पम्प बन्द गरेका थिए ।

गुणस्तर विभागमा पठाइएको नमूना परीक्षणमा पानी मिसिएको भेटिएपछि उक्त सेन्टरलाई आज उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम कारवाहीस्वरुप रु दुई लाख जरिवाना गरिएको विभागका अनुगमन निरीक्षक दीपकराज पोखरेलले जानकारी दिए । उनका अनुसार विभाग र आयल निगमले उक्त सेन्टरलाई छुट्टाछुट्टै कारवाही गर्नेछन् । आज नै सर्जिकल सामग्रीमा बढी मूल्य लिएको र अनुगमनका क्रममा खरीद बिल नदेखाएको भन्दै त्रिपुरेश्वरस्थित क्रान्ति सर्जिमेडलाई रु बीस हजार जरिवाना गरिएको छ ।

ad

यो पनि पढौँ

१० जीबीपीएस प्रविधिमा नेटवर्क अपग्रेड गर्दै वर्ल्डलिङ्क, अब अपलोड र डाउनलोड स्पिड बराबर

Corporate Aawaj

कोरोना कोषमा जम्मा भयो करिब दुई अर्ब

कोर्पोरट आवाज डट कम

सर्लाहीका १५ सहित थप ३० जनामा देखियो कोरोना

कोर्पोरट आवाज डट कम