५ आश्विन २०८०, शुक्रबार / September 22, 2023
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग सूचना प्रविधि

१० जीबीपीएस प्रविधिमा नेटवर्क अपग्रेड गर्दै वर्ल्डलिङ्क, अब अपलोड र डाउनलोड स्पिड बराबर

banner

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले आफ्नो गिगाबिट प्यासिभ अप्टिकल नेटवर्क (GPON) नेटवर्क स्तरोन्नति गर्न आवश्यक परीक्षण सफलतापूर्वक सम्पन्न गरेको छ ।

कम्पनीले आफ्नो फाइबर टु होम नेटवर्क अर्को सातादेखि क्रमशः  एक्सजीएस – पोन ( XGS-PON) मा अपग्रेड गर्दै लैजाने जानकारी गराएको छ । नेपालमा एक्सजीएस–पोन (XGS-PON) मा नेटवर्क अपग्रेड गर्ने वर्ल्डलिङ्क पहिलो कम्पनी हो ।

यससँगै अब फाइबर टु होम इन्टरनेट सेवाको डाउनलोड स्पिड र अपलोड स्पिड समान दिन सकिने कम्पनीले जनाएको छ । यसअघि  सेवाप्रदायकहरुले  डाउनलोड स्पिडभन्दा अपलोड स्पिड थोरै  दिने अवस्था थियो ।

विद्यमान जीपोन (GPON) नेटवर्क प्रविधिमा २. ५ जीबीपीएस डाउनलिङ्‍क तथा १.२५ जीबीपीएस अपलिङ्क असिमेट्रिक (Asymmetric) ब्याण्डविथ भएकोले डाउनलोड समानकै अपलोड स्पिड उपलब्ध गराउन सम्भव थिएन ।

तर नयाँ प्रविधिबाट १० जीबीपीएस डाउनलोड स्पिड र १० जीबीपीएस अपलोड स्पिड समानरुपमा दिन सकिने कम्पनीकाे भनाइ छ ।

इन्टरनेट नेटवर्कमा पोन (PON) एउटा यस्तो विन्दु (एक्सेस लोकेशन) हो, जहाँबाट इन्टरनेटको मुख्य फाइबर पूर्वाधार (प्यासिभ  इन्फ्रास्ट्रक्चर) बाट विभिन्न ग्राहकहरूका लागि इन्टरनेटको फाइबर तार अलग्याएर लगिएको हुन्छ र घरको फाइबर राउटर  (ONT)  मा जोडिएको हुन्छ ।

जीपोनको तुलनामा नयाँ  १० जीबीपीएस एक्सजीएस पोनमा अपलिङ्क ब्याण्डविथको क्षमता आठ गुणा बढी र डाउनलिङ्‍क ब्याण्डविथको क्षमता चार गुणा बढी छ ,  साथै पोन नेटवर्क लेटेन्सीमा (latency) पनि जीपोन को तुलनामा केही सुधार हुनेछ । 

“सैद्धान्तिक रुपमा हरेक जीपोन पोर्टहरूबाट अहिलेको १२८ ग्राहकको तुलनामा दोब्बर सङ्ख्या २५६ ग्राहकहरूलाई इन्टरनेट कनेक्सनहरू उपलब्ध गराउन सकिनेछ,” कम्पनीले भनेको छ, “साथै विद्यमान जीपोनको तुलनामा  एक्सजीएस-पोनमा हालको एक्सेस लोकेशनबाटै धेरै टाढा रहेको ग्राहकलाई इन्टरनेट सेवा उपलब्ध गराउन सकिने छ  ।” 

निकट भबिस्य एक्सजीएस – पोनलाई सोफ्टवेरबाट अपग्रेड गरी २५ जी पोन (25G PON) को लागि पनि आफ्नो पुर्वाधार कम्पनी नोकियासँग पनि नेपालमा बेटा परीक्षण गर्ने कुराकानी भइरहेको कम्पनीले जनाएको छ । 

कम्पनीका अनुसार यसबाट १ जीबीपीएसभन्दा बढी ब्याण्डविथ स्पिडमा इन्टरनेट सेवा दिन सकिन्छ ।

कन्टेन्ट क्रियटर, युट्युबर, स्ट्रिमर, गेमर , भिडियो कन्फ्रेन्स जस्ता अपलिङ्क ब्याण्डविथ बडी प्रयोग गर्ने ग्राहकका लागि यो नयाँ प्रविधिले सहज हुने कम्पनीको विश्वास छ ।

साथै, हालसम्म कर्पोरेट ग्राहकलाई जीपोनबाट सेवा नदिरहेको कम्पनीले अपग्रेडपछि कर्पोरेट र होलसेल ग्राहकलाई पनि एक्सजीएस पोनबाट पोर्ट, इन्टरनेट तथा MPLS डेटा सेवा दिने छ । 

ad

यो पनि पढौँ

रौतहट र बारामा ९ जना कोरोना संक्रमित थपिए

कोर्पोरट आवाज डट कम

धारिलो हतियारधारीबाट बच्न ल्याएको उपकरण लकडाउनमा काम लग्यो, कसरी गर्छ यसले काम?

कोर्पोरट आवाज डट कम

कपिलवस्तुको विजयनगरमा आगलागी हुँदा २५ घर–गोठ जले

कोर्पोरट आवाज डट कम