४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग स्वास्थ्य

सर्लाहीकी संक्रमित युवती काठमाडौंकै बासिन्दा

banner

सर्लाहीमा देखापरेको नयाँ संक्रमित काठमाडौंकै बासिन्दा भएको खुलेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार बिहान १० बजे सार्वजनिक गरेको तथ्यांक अनुसार सर्लाहीको रामनगरकी १८ बर्षीया युवती संक्रमित भएकी छन् ।

तर, संक्रमित युवती काठमाडौंकै बासिन्दा हुन् । लामो समयदेखि उनका परिवार काठमाडौं बस्दै आएको पाइएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताए । उनले काठमाडौंको जडिबुटी तथा कपनमा गरी दुई ठाउँमा उनका बुबाको फर्निचर उद्योग भएको बताए ।

उनीहरुको बसोबास जडिबुटीमा रहेको उनले बताए ।

युवतीको स्वाब पनि काठमाडौंमै संकलन गरिएको र पोजेटिभ पाइएपछि काठमाडौंमै आइसोलेसनमा लग्ने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी जिसीले जानकारी दिए । संक्रमित युवतीका अन्य जानकारी लिने काम भइरहेको उनले बताए ।

सर्लाहीमा यसअघि १४ बर्षीय बालक र ४५ बर्षीय पुरुष संक्रमित भएका छन् । १४ बर्षीय बालकको नारायणी अस्पताल बीरगंजमा र ४५ बर्षीय पुरुषको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार जारी रहेको छ ।

ad

यो पनि पढौँ

लिपुलेकमा सडक निर्माण तत्काल रोक्न भारतलाई नेकपाको आग्रह

कोर्पोरट आवाज डट कम

यसरी बन्दैछ स्वदेशमै स्यानिटाइजर

कोर्पोरट आवाज डट कम

प्रधानमन्त्रीका सल्लाहकारलाई ह्याकरको आरोप, ई–सेवा बहिष्कार गर्ने प्रयोगकर्ताको तयारी

कोर्पोरट आवाज डट कम