२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग स्वास्थ्य

थप १० जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या २९१ पुग्यो

banner

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको छ । आइतबार बिहान प्रेस विज्ञप्ति जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले नेपालमा थप १० जनामा कोरोना संक्रमण भेटिएको बताएका हुन् ।

मन्त्रालयका सह–प्रवक्ता डा. अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा भएको परीक्षणमा थप १० मा कोरोना भेटिएको हो । 

कोरोना संक्रमितहरुमा रौतहट राजपुर नगरपालिका फरहदवा–९ का १८, ३२, ३६, ३९,३९, ४२, ४८ पुरुषहरु र रौतहट इशनाथ नगरपालिका–३ र ५ निवासी २८, ३०, ३३ वर्षीय पुरुषहरु रहेका छन् । 

मन्त्रालयका अनुसार हालसम्म प्राप्त विवरण अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् । 

ad

यो पनि पढौँ

कोरोना जितेकी युवती भन्छिन्- अनावश्यक हिँडडुल नगर्नू, परीक्षण गर्नू, सेल्फ आइसोलेसनमा बस्नू

कोर्पोरट आवाज डट कम

नेपाली चेली सविना श्रेष्ठ को’रोना भ्याक्सिन बनाउने जोन्सन कम्पनीको उत्कृष्ट कर्मचारी घो’षित

कोर्पोरट आवाज डट कम

चार्जिङ स्टेसन राख्नेलाई निःशुल्क ट्रान्सफर्मरसहित थ्री फेज लाइन दिँदै विद्युत प्राधिकरण

Corporate Aawaj