२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग राजनीति

वार्ता हुँदै गर्छ, सीमामा सेना पठाउनुपर्छ : पूर्वरक्षामन्त्री प्रधान

banner

पूर्वरक्षामन्त्री समेत एवं प्रमुख विपक्षी कांग्रेसका सांसद भीमसेनदास प्रधानले सेनालाई सीमामा पठाउनन सरकारलाई आग्रह गरेका छन् ।

‘वार्ता हुँदै गर्छ । सेनालाई सीमामा पठाउनुपर्छ । आफ्नो सीमा रक्षा गर्ने दायित्व सरकारको हो । सीमा खाली छोडेमा मिच्नेले मिचिराख्छ ‘ प्रधानले सोमबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै भने ।

सेना पठाउनका लागि तत्काल सुरक्षा परिषद् बैठक बोलाउन सकिने उनले बताए ।

भूकम्प र बाढी आउँदा मात्रै सुरक्षा परिषद्को बैठक बस्ने गरेको भन्दै उनले सरकारको ध्यानाकर्षण गरे । सांसद प्रधान भन्छन्, ‘हाम्रोमा बाढी र भूकम्प गएपछि मात्रै सुरक्षा परिषद्को बैठक बस्ने गरेको छ । तत्काल सुरक्षा परिषद् बैठक बोलाएर सेनालाई सीमा सुरक्षामा पठाउनुपर्छ ।’

ad

यो पनि पढौँ

राष्ट्रपतिले संविधानको ठाडो उल्‍लंघन गर्नुभयो : देउवा

कोर्पोरट आवाज डट कम

सप्तरीमा पनि भेटिए कोरोना संक्रमित

कोर्पोरट आवाज डट कम

जीटूजीबाट मेडिकल सामग्री किन्न पाँच देशलाई पत्राचार

कोर्पोरट आवाज डट कम