२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग समाचार

कालीगण्डकीमा खसेको एम्बुलेन्स भेटियो, चालकको अवस्था अझै अज्ञात

banner

उत्तरी म्याग्दीको रघुगंगा गाउपालिका–२, बैंसरीस्थित रिठाबोटबाट आइतबार कालीगण्डकी नदीमा खसेको एम्बुलेन्स भेटिएको छ । मुस्ताङको लेते प्राथमिक स्वास्थ्य केन्द्रबाट सुत्केरी लिन बेनीतर्फ आइरहेको ग १ झ ३११ नम्बरको एम्बुलेन्स सडकबाट कालीगण्डकीमा खस्दा एम्बुलेन्ससहित चालक बेपत्ता भएका थिए ।

सडकबाट करिब १ सय मिटर तल खसेको एम्बुलेन्सको सीसा फेला परेपछि खोजीकार्यको क्रममा दुर्घटना स्थलबाट करिब ५ मिटर तल एम्बुलेन्स भेटिएको उद्दारमा संलग्न नेपाल रेडक्रस सोसाईटी म्याग्दीका उपमन्त्री सुरत केसीले बताउनुभयो । दुर्घटनामा बेपत्ता चालक मुस्ताङको थासाङ गाउपालिका–४, का २५ वर्षीय सोजन विकको अवस्था भने अझै अज्ञात रहेकाले खोजीकार्य जारी रहेको उहाँले जानकारी दिनुभयो ।

कालीगण्डकीको बहावका कारण बेपत्ता चालकलाई बगाएको वा खोंचमा परेको हुन सक्ने अनुमान गरिएको छ । दुर्घटना हुुँदा चालक उछिट्टिएर एम्बुलेन्सबाट बाहिर गएको हुन सक्ने अनुमान गर्नुका साथै प्रहरीले खोजीकार्यमा तीव्रता दिएको जनाएको छ । करिब ४ महिना अगाडि स्वास्थ्यचौकीमा चालकको रुपमा कार्यरत विक अविवाहित हुन्भने उनको खोजीका लागि आफन्त समेत दुर्घटनास्थलमा आएका छन् ।

ad

यो पनि पढौँ

भारतका प्रधानमन्त्री मोदी युएइ भ्रमणमा 

कोर्पोरट आवाज डट कम

डिजिटल शिक्षालाई अगाडि बढाउने तयारीमा सरकार, पूर्वमन्त्री गणेश शाहको संयोजकत्वमा बन्यो समिति

कोर्पोरट आवाज डट कम

अब अनलाइनबाटै उद्योग दर्ता गर्न सकिने

कोर्पोरट आवाज डट कम