२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग

क्वारेन्टिनमा बसेकी महिलाको सामूहिक बलात्कार !

banner

कैलालीको एक क्वारेन्टिनमा बसेकी एक महिलाले आफू सामूहिक बलात्कारमा परेको बताएकी छन् । लम्कीचुहा नगरपालिका वडा नम्वर १ स्थित शहीद स्मृति माविको क्वारेन्टिनमा रहेकी ३१ वर्षीया महिलाले शनिबार मध्यरातमा समूहिक बलात्कार भएको भन्दै न्याय मागेकी हुन् ।

तर घटना लुकाउन खोजिएको भन्दै स्थानीयबासीले आइतबार वडा नम्बर १ को कार्यालयसमेत तोडफोड गरेका छन् । स्थानीयको विरोधपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले भने, ‘जाहेरी परेको छैन, तर हामी अनुसन्धान गर्दैछौं ।’

के भएको थियो घटना ?

पीडित महिला १२ दिनअघि भारतको बैंङ्ग्लोरबाट आएकी थिइन् ।

उनीसँगै कोठामा बसेकाहरु परीक्षण गरेर घर गइसकेका थिए । कोठामा एक्लै भएपछि आफूले एक्लै डर लाग्ने बताएको र अर्को कोठामा जान अनुमति दिइएको बताइन् ।

तर उनी गएको कोठाको ढोकामा चुकुल थिएन । ढोकामा बेञ्च राखेर भित्र सुत्न सल्लाह दिएपछि आफूले त्यसै गरेको उनले बताइन् । ‘सञ्चो थिएन, टाउको दुखिरहेको थियो । पछाडि झ्यालमा स्वयंसेवक आएर ढोका खोल्नुस् भन्यो’ उनले भनिन् ।

मध्यरातमा आएका स्वयं सेवकले ढोका खोल्न भन्दा आफूले नमानेको उनले सुनाइन् । कहिले झ्याल त कहिले ढोकामा आएपछि आफूले पनि गाली गर्नुका साथै पुलिस बोलाउन चेतावनी दिँदा पनि उनी नमानेको पीडितले बताइन् । त्यसपछि ढोका खोलेर के गर्न खोजेको भनेर प्रश्न गरेको उनले भनिन्, ‘उ पछाडिपछाडि सर्दै गयो र अर्को कोठाको ढोका नजिक गइसकेपछि मलाई भित्र पछ्यार्‍यो र ढोका खोलेर मलाई जबरजस्ती गर्‍यो ।’

अर्का स्वयंसेवक आएर भिडियो खिचेको उनले सुनाइन् । त्यही बेला एक स्वास्थ्यकर्मी आएपछि आफूले गुहार मागेको भन्दै उनले भनिन्, ‘अब मलाई सहयोग गर्छ भनेर दाइ बचाउनुस् भनेँ । तर उसले पनि त्यस्तै व्यवहार गर्‍यो ममाथि ।’

भिडियो खिच्ने युवकले आफूसँग पैसा मागेको र नदिए भिडियो भाइरल गर्ने धम्की दिएको पीडित युवतीले बताएकी छिन् । उनले आफू स्वास्थ्य परीक्षणका लागि तयार रहेको भन्दै उनले भनिन्, ‘ म बालबच्चाकी आमा हुँ । नभएको  आरोप लगाएर कसैकाे बेइज्जत गर्नुपर्ने केही कारण छैन ।’

ad

यो पनि पढौँ

नेपालमा पहिलो पटक कोरोना भाइरस (कोभिड-१९) बाट मुत्यु

कोर्पोरट आवाज डट कम

बाबुरामले संसदमै मागे प्रधानमन्त्री ओलीको राजीनामा

कोर्पोरट आवाज डट कम

कोरोना जितेकी युवती भन्छिन्- अनावश्यक हिँडडुल नगर्नू, परीक्षण गर्नू, सेल्फ आइसोलेसनमा बस्नू

कोर्पोरट आवाज डट कम