२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग स्वास्थ्य

कोरोना अपडेट : थप ४२५ जनामा संक्रमण पुष्टि, निको हुनेको संख्या ९७४ पुग्यो

banner

बितेको २४ घण्टामा नेपालमा थप ४२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा ३७५ पुरुष र ५० जना महिला रहेका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर देवकोटाले आइतबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको कूल संख्या ५ हजार ७६० पुगेकाे छ । जसमा  पुरुष ५३२४ र महिला ४३६ रहेका छन् । 

यस्तै बितेको २४ घण्टामा ६१ जना डिस्चार्ज भएका छन् । जसमा ६ जना महिला र ५५ जना पुरुष रहेका छन्  । योसहित नेपालमा कोरोना निको हुनेको कूल संख्या ९७४ पुगेको छ । निको भएर घर फर्किनेमध्ये पुरुष ८७७ जना र महिला ९७ जना रहेको गौतमले जानकारी दिए । 

यसैगरी कोरोनाबाट गुल्मीका ३६ वर्षीय युवाको मृत्यु भएपछि मृतकको संख्या कूल १९ पुगेको पनि मन्त्रालयले जनाएको छ । 

ad

यो पनि पढौँ

कोभिडविरुद्धको खोप अर्को वर्षको मध्यपछि मात्र बजारमा आउछः विश्व स्वास्थ्य सङ्गठन

कोर्पोरट आवाज डट कम

१ करोड बढीको चिनियाँ सहयोग नेमकिपाद्वारा ख्वप अस्पताललाई हस्तान्तरण

कोर्पोरट आवाज डट कम

छुवाछुतसम्बन्धी जघन्य घटनाका अपराधीलाई कानूनी दायरामा ल्याइनेछ : प्रधानमन्त्री

कोर्पोरट आवाज डट कम