२१ चैत्र २०८२, शनिबार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग शिक्षा

भोलिदेखि अनलाइन कक्षा रोक्ने निजी विद्यालय सञ्चालकहरूको निर्णय, शिक्षक-कर्मचारीलाई बेतलबी घरबिदा

banner

निजी विद्यालय सञ्चालकहरूले साउन १ गतेदेखि देशैभर अनलाइन कक्षा रोक्ने भएका छन्।

नेशनल प्याब्सन अध्यक्ष ऋतुराज सापकोटा र प्याब्सन अध्यक्ष टिकाराम पुरीले संयुक्त रूपमा बुधबार प्रेस विज्ञप्ति निकालेर अनलाइन र दूर शिक्षा रोक्ने बताएका हुन्।

उनीहरूले अनलाइन कक्षा बन्द गर्दै शिक्षकलाई बेतलबी घर बिदामा राख्ने उल्लेख गरेका छन्। असार १ गतेदेखि उनीहरूले वैकल्पिक विधिबाट पठनपाठन सुरू गरेका थिए।

आर्थिक समस्याका कारणले शिक्षण सिकाइ क्रियाकलापलाई निरन्तरता दिन नसकेको उनीहरूको भनाइ छ। शिक्षा मन्त्रालयले असार २१ गते गरेको सहमतिअनुसार ठोस निकास दिन नसकेको पनि उनीहरूको भनाइ छ।

‘आर्थिक तथा व्यवसायिक संकट आइपरेकोले विद्यालय बन्द गरी बस्नु नै उचित विकल्प हो,’ उनीहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘साउन १ गतेदेखि सवै वैकल्पिक शिक्षण सिकाइ क्रियाकलापहरु स्थगित गरी आफ्ना शिक्षक र कर्मचारीलाई बेतलवी घर बिदा दिने अप्रिय निर्णय लिन बाध्य छौं।’

ad

यो पनि पढौँ

भक्तपुरमा ख्वप विश्वविद्यालय सञ्चालनको माग

कोर्पोरट आवाज डट कम

प्रधानमन्त्रीका सल्लाहकारलाई ह्याकरको आरोप, ई–सेवा बहिष्कार गर्ने प्रयोगकर्ताको तयारी

कोर्पोरट आवाज डट कम

नेकपाभित्र विवाद: तीन केन्द्रमा सघन छलफल, आज सचिवालय बैठक बस्ने

कोर्पोरट आवाज डट कम