५ आश्विन २०८०, शुक्रबार / September 22, 2023
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग शिक्षा

भोलिदेखि अनलाइन कक्षा रोक्ने निजी विद्यालय सञ्चालकहरूको निर्णय, शिक्षक-कर्मचारीलाई बेतलबी घरबिदा

banner

निजी विद्यालय सञ्चालकहरूले साउन १ गतेदेखि देशैभर अनलाइन कक्षा रोक्ने भएका छन्।

नेशनल प्याब्सन अध्यक्ष ऋतुराज सापकोटा र प्याब्सन अध्यक्ष टिकाराम पुरीले संयुक्त रूपमा बुधबार प्रेस विज्ञप्ति निकालेर अनलाइन र दूर शिक्षा रोक्ने बताएका हुन्।

उनीहरूले अनलाइन कक्षा बन्द गर्दै शिक्षकलाई बेतलबी घर बिदामा राख्ने उल्लेख गरेका छन्। असार १ गतेदेखि उनीहरूले वैकल्पिक विधिबाट पठनपाठन सुरू गरेका थिए।

आर्थिक समस्याका कारणले शिक्षण सिकाइ क्रियाकलापलाई निरन्तरता दिन नसकेको उनीहरूको भनाइ छ। शिक्षा मन्त्रालयले असार २१ गते गरेको सहमतिअनुसार ठोस निकास दिन नसकेको पनि उनीहरूको भनाइ छ।

‘आर्थिक तथा व्यवसायिक संकट आइपरेकोले विद्यालय बन्द गरी बस्नु नै उचित विकल्प हो,’ उनीहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘साउन १ गतेदेखि सवै वैकल्पिक शिक्षण सिकाइ क्रियाकलापहरु स्थगित गरी आफ्ना शिक्षक र कर्मचारीलाई बेतलवी घर बिदा दिने अप्रिय निर्णय लिन बाध्य छौं।’

ad

यो पनि पढौँ

गुमनाम छैनन् गोकुलः भ्रष्टाचार आरोपले राजनीतिक लकडाउनमा परेका बास्कोटाका आक्रामक ट्वीट, ओलीलाई बोक्दै प्रचण्डको आलोचना

कोर्पोरट आवाज डट कम

लकडाउनको मोडालिटी परिवर्तन गर्ने तयारी

कोर्पोरट आवाज डट कम

मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउन लम्ब्याउने तयारी

कोर्पोरट आवाज डट कम