२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
अर्थ ट्रेंडिंग समाचार

२२ अर्ब बढी वैदेशिक ऋण लिने सरकारको निर्णय

banner

सरकारले २२ अर्बभन्दा बढी वैदेशिक ऋण लिने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावितहरुलाई दिइने राहतको स्रोत जुटाउन सहुलियतपूर्ण ऋण लिने निर्णय गरेको हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाकाअनुसार अन्तर्राष्टिय मुद्रा कोषबाट उपलब्ध हुने निर्ब्याजी ८७.५ मिलियन एसडीआर अर्थात् १३ अर्ब नौ करोड ऋण सुविधा लिने निर्णय भएको हो ।

यस्तै, विश्व बैंकबाट आपतकालीन स्वास्थ्य क्षेत्र सहयोग कार्यक्रम अन्तर्गत् प्राप्त हुने २९ मिलियन अर्थात् तीन अर्ब ४८ करोड सहुलियतपूर्ण ऋण सहायतासमेत स्वीकार गर्ने निर्णय भएको छ ।

यसैगरी, एसियाली विकास बैंकले घोषणा गरेको ५० मिलियन अमेरिकी डलरको सहयोग कार्यक्रम पनि स्वीकार गर्ने निर्णय भएको मन्त्री खतिवडाले जानकारी दिए । अन्य सम्भावित विकास साझेदारबाट परिचालित हुनेसक्ने स्रोतका लागि पनि पहल गर्ने निर्णय भएको छ ।

राहत प्याकेजका लागि वार्षिक बजेटको रकमबाट रकमान्तर गर्ने, स्थानीय तह प्रदेश र संघको कोरोना उपचार कोषमा जम्मा हुने रकम, विपद् व्यवस्थापन र प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा भएको रकम पनि खर्च गर्न सकिनेछ ।

यस्तै, सार्वजनिक संस्थानबाट दिइने छुटको हिस्सा संस्थानहरुले नै व्यहोर्ने व्यवस्था मिलाइने सरकारका प्रवक्ता समेत रहेका मन्त्री खतिवडाले जानकारी दिए ।

ad

यो पनि पढौँ

अस्पतालले सम्भावित संक्रमणबारे केही भनेन, अन्त्येष्टिमा ५० बढी सहभागी

कोर्पोरट आवाज डट कम

कृषि क्षेत्रका समस्या समाधान गर्न ‘एग्री ट्रान्सपोर्ट कल सेन्टर’

कोर्पोरट आवाज डट कम

‍पेट्रोलियम पदार्थको मूल्य १ रुपैयाँ घट्यो

कोर्पोरट आवाज डट कम

Leave a Comment