२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
राजनीति समाचार

गृहमन्त्रीमा नियुक्त हुन लागेको हल्ला चलिरहेका बेला ओली नै झस्कने गरी पूर्व प्रधानसेनापती कट्वालले दिए यस्तो प्रतिक्रिया !

banner

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिष्द विस्तारका क्रममा गृहमन्त्रीमा नियुक्त गर्ने भन्ने हल्ला चलेका बेला पूर्व प्रधानसेनापती रुक्माङ्गद कट्वालको अभिव्यक्ति सार्वजनिक भएको छ । प्रधानमन्त्री ओलीले मन्त्रीमण्डल पुनर्गठन गरी कटवालालाई गृहमन्त्री बनाउने हल्ला चलेपछि उनले आफू सो पद स्वीकार्न तयार नरहेको बताएका छन् । 

गृहमन्त्री बन्न एमाले महासचिव इश्वर पोखरेल लगायत व्यक्तिहरु चर्चामा रहेका बेला उनको पनि नाम जोडिएपछि सो खबर भाइरल भएको थियो । आफनो नाममा विवाद सुरु भएपछि कट्वालले आफुलाई गृहमन्त्रीका लागि प्रश्ताव नआएको र प्रश्ताव आएपनि स्विकार नगर्ने प्रतिक्रिया दिएका छन्। 

कटवालले राजनीतिक खिचातानीमा आफ्नो नामको दुरुपयोग गरिएको गुनासो पनि गरेका छन् । आफुले अवकाशको जीवन इमान्दारीपूर्वक बिताउन चाहेको वताएका उनले जनताको चित्त दुःखाएर पद, पैसा र शक्तिको लोभमा नपर्ने वताए । ‘मलाई थाहा छ मन्त्रीको पदमा बस्न जनताको मत र समर्थन दुवै चाहिन्छ । जनताले चुनेर पठाएको व्यक्तिले नै जनताको सेवा गर्नु पर्छ’ उनले भनेका छन्–‘यसरी झ्यालवाट छिरेर मन्त्री बन्ने प्रक्रियाको म विरोध गर्छु ।’

आफूले इमान्दारीताका साथ जीवन बिताउन चाहेको र राजनीतिमा नआउने उनको भनाई छ । 

ad

यो पनि पढौँ

असार सकिनै लाग्दा शेयर बजारमा छायो हरियाली, कारोबारमा एनआईसी एशिया बैंक अब्बल

कोर्पोरट आवाज डट कम

लकडाउन तत्कालै खोल्न सम्भव छैनः भारतीय प्रधानमन्त्री मोदी

कोर्पोरट आवाज डट कम

प्रधानमन्त्रीको सम्बोधनप्रति पूर्वराजा शाह बेखुशी, आम नागरिकको दैनिक समस्याप्रति सम्बोधन नहुनु निराशाजनक

कोर्पोरट आवाज डट कम