२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
राजनीति समाचार

प्रधानमन्त्रीमा देउवाको नियुक्तिका लागि अन्तरिम आदेश दिन सर्वोच्चद्धारा अश्वीकार

banner

 कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै परेका रिटमाथिको प्रारम्भिक सुनुवाइमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले अन्तरिम आदेश दिन अश्वीकार गरेको छ । आज रिटमाथिको प्रारम्भिक सुनुवाइ गर्दै जबराको एकल इजलासले अन्तरिम आदेश दिन अश्वीकार गरेको हो । 

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै परेका रिटमाथिको प्रारम्भिक सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अश्वीकार गरेको हो । रिट निवेदकले अन्तरिम आदेशमार्फत प्रतिनिधिसभा विघटन र नयाँ निर्वाचनको घोषणा बदर गर्न माग गरेका थिए । त्यस्तै देउवालाई प्रधानमन्त्री नियुक्तिको परमादेश समेत माग गरेका थिए ।

अब सबै रिटमाथिको सुनुवाइ संवैधानिक इजलासमा हुने आदेश प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले दिएको छ । सर्वोच्चमा आज देउवाको पक्षका १४ र चुनावको पक्ष तथा केपी ओलीलाई प्रधानमन्त्री नियुक्तिको माग गर्दै ४ परेका चारवटा रिटमाथि सुनुवाइ भएको हो ।

सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलका अनुसार नियमित एकल इजलासमा प्रतिनिधिसभा सम्बन्धी रिटको सुनुवाइपछि सबै निवेदन संवैधानिक इजलासमा सुनुवाइ हुने आदेश भएको छ ।शुक्रबार संवैधानिक इजलास बस्दैछ । देउवासहित विघटित प्रतिनिधिसभाका १४६ सांसदले दायर गरेको रिटमाथि पनि शुक्रबार संवैधानिक इजलासमै सुनुवाइ हुँदैछ ।

ad

यो पनि पढौँ

प्रधानमन्त्रीले छलफलका लागि कांग्रेस नेतालाई बालुवाटार बोलाए

Corporate Aawaj

विवेकशील साझाका पूर्वसंयोजक उज्वल थापाको निधन

कोर्पोरट आवाज डट कम

सर्वाेच्चद्वारा उपचार गर्न नमान्ने स्वास्थ्य संस्थाको विवरण पेश गर्न सरकारसँग माग

कोर्पोरट आवाज डट कम