४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
अर्थ प्रेस विज्ञप्ति

सांग्रिला बैंककाे ७५ करोडको ऋणपत्र आजदेखि बिक्री खुल्ला

banner

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आजदेखि ‘९ प्रतिशत सांग्रिला डेभलपमेन्ट बैंक डिबेञ्चर २०८७’ नाममा ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गरेको छ । यसको समयावधि १० वर्ष सम्मको रहेको छ ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यको ७५ करोड रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता ऋणपत्र बिक्रीका लागि ल्याएको हो । त्यसमध्ये ३० करोड रुपैयाँ बराबरको ३ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिने भएको छ । बाँकी रहेको ४५ करोड रुपैयाँ बराबरको ४ लाख ५० हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरले बिक्री गरिने भएको छ ।

बैंकका अनुसार ऋणपत्र खरिद गर्नका लागि चाँडोमा असार ९ गते तथा ढीलोमा असार २० गतेसम्म आवेदन दिनुपर्ने छ । यदी असार ९ गतेसम्म माग गरे अनुसारको आवेदन पेश नभएको खण्डमा असार २० सम्म आवेदन दिन पाईने छ ।

ऋणपत्रमा लगानी गर्न चाहने लगानीकर्ताले कममा २५ कित्ता तथा बढीमा ३ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसका लागि सि आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र तिनका शाखाहरुबाट आवेदन पेश गर्न सकिने भएको छ ।

ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

ad

यो पनि पढौँ

घनश्याम भुसाल कृषिमन्त्री हुँदा यस्तो बजेट आउनु दुःखद् : विज्ञ

कोर्पोरट आवाज डट कम

मर्जरले हिमालयन र इन्भेष्टमेन्ट बैंकका कर्मचारीलाई मालामाल, तलब बढ्ने, पद नघट्ने

कोर्पोरट आवाज डट कम

दुई साताभित्र रोजगारीका लागि इजरायल जान आवेदन खुल्दै, को जान पाउँछन् ?

कोर्पोरट आवाज डट कम