२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
फिचर समाचार

भारतबाट आएका १५८ नेपालीको खेतमा बास

banner

संघीय र प्रदेश सरकारको निर्णय बाझिँदा भारतबाट नेपाली भूमिमा आइसकेका एक सय ५८ जना नेपाली खेतमा अलपत्र परेका छन् । सीमा क्षेत्रमा आइपुगेका नागरिकको उद्धार र व्यवस्थापनमा दुई सरकारको निर्णय फरक–फरक हुँदा जमुनाह नाकादेखि पश्चिमतर्फको खेतमा उनीहरु दुई दिनदेखि अलपत्र परेका नेपालगन्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापामगरले बताइन् ।

मगरका अनुसार हालसम्म उनीहरुलाई न त क्वारेन्टाइनमा लगिएको छ, न त घर फर्कन नै दिइएको छ । बस्न र सुत्नका लागि पनि व्यवस्था गरिएको छैन । समयमै उद्धार नहुँदा जमुनाहमा अलपत्र नेपालीहरु खेतको चिसोका कारण बिरामी पर्न थालेका छन् ।

भारतको रुपैडियामा रोकिएका उनीहरुलाई सोमबार राति एसएसबीले नाका पार गराइदिएको थियो ।

प्रदेश सरकारले अलपत्र नागरिकको उद्धार गर्ने निर्णय गरेको छ भने संघीय सरकारको निर्देशन भन्दै स्थानीय प्रशासन भने उनीहरुको उद्धार गर्न हच्किएको छ । दुई सरकारको समन्वय नहुँदा नेपाल प्रवेश गरिसकेकाहरु पनि आफ्नै भूमिमा बेसहारा भएको मगरको भनाइ छ ।

छिमेकी जिल्ला बर्दिया जमुनीका दिपक बुढाले आँपको रुखमुनि बसिरहेको बताए । ‘चिसो र लामखुट्टेका कारण खेतमा सुत्नै नसकिने अवस्था छ,’ उनले भने, ‘बिरामी नभएकालाई पनि रुखाखोकी र ज्वरोले समातेको छ ।’

गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्लामा जाँदा अनिवार्य अनुमति लिनुपर्ने उर्दी जारी गरेपछि कर्णाली प्रदेशका विभिन्न जिल्लाका उनीहरु यहीँ रोकिएका हुन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले उनीहरुलाई यहीँ क्वारेन्टाइनमा राख्ने कि सम्बन्धित जिल्लामा पठाएर क्वारेन्टाइनमा राख्ने भन्ने विषयमा छलफलपछि निर्णय लिने बताए ।

ad

यो पनि पढौँ

आइतबारदेखि अन्तर्राष्ट्रिय गन्तव्यमा हप्तामा ५३ उडान, कहाँ थपियो ?

कोर्पोरट आवाज डट कम

राखेप बोर्ड बैठक असार ३० गते

कोर्पोरट आवाज डट कम

गृह मन्त्रालयद्धारा जारी सबै सवारी पास रद्द

कोर्पोरट आवाज डट कम

Leave a Comment