२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
अर्थ समाचार

भक्तपुरमा ट्यांकरबाट पानी ल्याएर रोपाई

banner

भक्तपुरमा ट्यांकरबाट पानी ल्याएर रोपाई गरिएको छ। पानीको सुविधा नभएपछि बाध्य भएर ट्यांकरको पानी ल्याएर धान रोपिएको हो। असार १६ गतेसम्म पनि खेतमा धान रोप्नका लागि पानी नभएपछि मध्यपुर ठिमिका एक किसानले टयांकरबाटै पानी ओसारेर रोपाई सुरु गरेका छन्। भक्तपुरको मध्यपुर ठिमिस्थित कमेरोटार जग्गा एकीकरण आयोजनाभित्रका एक किसानले टयांकरबाटै पानी ल्याएर रोपाई गरेका हुन्।

सूर्यविनायक नगरपालिका-८ का राम खाइतुले वर्षेनी एकसय मिटर टाढा बनेको इनारको पानी तानेर धान रोप्दै आएको बताए। पहिला घरहरु नभएको बेलामा ढलबाट पानी ल्याएर धान रोप्ने गरेको पनि उनले स्मरण गरे। सिपाडोलदेखि आर्दशसम्म ढलबाट पानी ल्याएर धान रोप्ने गरेको उनले सुनाए। अहिले ढल भएको ठाउँमा घरहरु बनेपछि इनारको पानी तानेर धान रोप्ने गरेको उनी बताउँछन। ‘ढल छैन पानी छैन भनेर धान नपरोपिकन बस्न मिलेन नि’, उनले भने।

भक्तपुरमा चारवटा नगरपालिकाहरु छन्। जसमा भक्तपुर, मध्यपुर, सूर्यविनायक र चाँगुनागरायण। यी चार वटा नगरपालिकाहरुमा भक्तपुर र मध्यपुर नगरपालिकामा पुरानो बस्तीहरु छन्। यहाँ खेतीयोग्य जमिनहरु कम छन्। सूर्यविनायक र चाँगुनारायणमा भने खेतियोग्य जमिनहरु छन्। यो वर्ष समयमै वर्षा भएकोले वर्षाकै पानीबाट धेरैले रोपाई सकिसकेका छन्।


ad

यो पनि पढौँ

लकडाउन जेठ ५ सम्म लम्ब्याइयो, विकास निर्माण र उद्योग सर्शत खुला

कोर्पोरट आवाज डट कम

१ करोड बढीको चिनियाँ सहयोग नेमकिपाद्वारा ख्वप अस्पताललाई हस्तान्तरण

कोर्पोरट आवाज डट कम

राष्ट्रिय वाणिज्य बैंककाे क्रेडिट कार्ड सेवा सुरु, ५ लाखसम्मको क्रेडिट लिमिट पाइने

कोर्पोरट आवाज डट कम