२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
अर्थ समाचार

सबै किसिमका पसल सातै दिन खुल्ने, होटेल रेष्टुरेन्टलाई भने ‘टेक अवे’ र ‘होम डेलिभरी’ सुविधा मात्र

banner

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण भन्दै काठमाडौं उपत्यकाभित्र जारी निषेधाज्ञा खुकुलो भएको छ।

थप एक साताको लागि थपिएको निषेधाज्ञामा अब पसलहरु भने दैनिक खुल्ने भएका छन्। यसअघि पसलहरुलाई वर्गीकरण गरेर तोकेको दिनमात्र खोल्न दिइएको थियो। अब भने सबै प्रकारका पसलहरु सातै दिन खुल्नेछन्।

‘पसलहरुमा लगाइएको बार प्रणाली हटेको छ। अब जुनसुकै बार पनि खोल्न पाइने छ,’ काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भने।

तर, यसरी खोलिने पसलहरुमा समय भने तोकिएको छ। खाद्यान्नका पसलहरु  बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म खुल्ने छन्। त्यस्तै अन्य पसलहरुलाई भने बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म खुल्न दिइएको छ।

होटेल, रेष्टुरेन्टहरुले भने टेक अवे र होम डेलिभरी सेवामात्र दिन पाउने छन्।

ad

यो पनि पढौँ

अमेरिकाको भ्रमणमा प्रधान सेनापति शर्मा

कोर्पोरट आवाज डट कम

मर्जर र एक्युजिशनः अहिलेको मुद्दा होइन, विकासको कार्यसूची हुन सक्दैन

कोर्पोरट आवाज डट कम

२६ प्रतिशतले बढ्यो बीमा बजार, ११ हजारले पाए रोजगारी

कोर्पोरट आवाज डट कम